३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

अन्तराष्ट्रिय वेपत्ता बिरुद्धको दिवस बैतडीमा पनि मनाईयो

१३ भाद्र २०७२, आईतवार ०८:२७

नरी बडु । भदौ १३, बैतडी । २३ औँ अन्तराष्ट्रिय वेपत्ता बिरुद्धको दिवस बैतडीमा पनि मनाईएको छ ।

द्वन्द कालमा अपहरण तथा अन्य कुनै कारणले वेपत्ता पारीएकाहरुको सम्झना स्वरुप तिनिहरुका परिवारलाई सान्तोना दिने उद्देश्यका साथ उक्त दिवस मनाईएको हो । नेपाल रेडक्रस सोसाईटी अन्र्तगत काम गर्ते आइसीआरले बैतडीमा बेपत्ता भएकाको संख्या ९ जना रहेको सार्वजनिक गरेको भएपनि स्थानिय शान्ति समितीले सार्वजनिक गरेको तथ्याङ्क धेरै फराकिलो छ ।

स्थानिय शान्ति समितीले जिल्लामा ६५ जना वेपत्ता भएका व्यक्तिहरु रहेको र तिनिहरुमध्ये २५ जनाले राहात समेत पाईसकेको शान्ती समितीका संयोजक मान ब. गुरुङले बताए । यस्तै मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था इन्सेकको तथ्याङ्कमा पनि एकरुपता पाईएको छैन् ।

आइसिआरले पिडीतको घरमै गई सुक्ष्म अध्यन गरेर मात्रै वेपत्ताको संख्या सार्वजनिक गर्ने भएकाले जिल्लामा ९ जनामात्रै सार्वजनिक भएको हुसक्ने रेडक्रस बैतडीले जनाएको छ । अहिले नेपाल रेडक्रस अन्र्तगत आइसीआरले गरेको अध्यनअनुसार वेपत्ता भनिएका ९ जनाका परिवारहरुको लागि हातेमालो कार्यक्रमपनि संञ्चालनमा रहेको कार्यक्रमका संयोजक टेकेन्द्र खड्काले बताए ।

खड्काका अनुसार उक्त कार्यक्रमले वेपत्ता भएका परिवारहको विचलित मनलाई सान्तोना दिन विभिन्न किसमका सिपमुलक तालिम, व्यवसायिक विकास एवम् अन्य कार्यक्रमहरु संञ्चालन गरीरहेको छ । आज मनाईएको अन्तराष्ट्रिय वेपत्ता विरुद्धको अवसरमा बोल्ने अधिकासं वक्ताहरुले वेपत्ताको तथ्याङ्कका देखिएको फाराकिलो पनलाई कम गरी विश्वासको वातावरण सृजन गर्न सरोकारवाला निकायसंग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली