कृष्ण कँडेल | फागुन १०, बागलुङ | नेकपा एमाले अधिकारीचौर गाउँ कामिटिले गत माघ २४ गते आगलागीमा परि ज्यान गुमाएका अधिकारीचौर–३ घैयाखानीका दुई बालबालिकाका अभिभावकलाई नगद राहत प्रदान गरेको छ ।
घैयाखानीमा रहेको अस्थायि गोठमा आगलागी हुँदा ओमकार विकका ७ बर्षका छोरा यमलाल विक र ३ बर्षका छोरी सम्भना विकको ज्यान गएको थियो ।
एमाले अधिकारीचौर गाउँ कमिटिले दिवंगत बालबालिकाको सम्झनामा एक श्रदाञ्जली कार्यक्रमको आयोजना गरि एमाले समर्थक तथा शुभचिन्तकबाट संकलन गरिएको नगद १५ हजार २ सय रुपैयाँ हस्तान्त्रण गरेको हो ।
एमाले बागलुङका जिल्ला सचिवालय सदस्य लक्ष्मण पुनले स्वार्गीय वालवालिकाका वुवा ओमकार विकलाई रकम हस्तान्त्रण गर्नुभएको ग्रामिण विकाश मञ्च अधिकारीचौरका अध्यक्ष उमेश बुढाले जानकारी दिनुभयो ।
रकम हस्तान्त्रणपछि बौल्दै सचिवालय सदस्य पुनले अचानक हुने प्राकृतिक विपत्ति जो कसैलाई पनि पर्नसक्ने हुँदा गाउँ कमिटिले गरेको सहयोगले सोकमा परेको परिवारलाई केहि भएपनि राहत हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमम निवर्तमान जिल्ला सचिवालय सदस्य दलबहादुर घर्ती, वडा नागरिक मञ्चका संयोजक थमबहादुर छन्त्याल, स्थानिय दलित जागरण युवा क्लवका अध्यक्ष रनबहादुर विक, एक्टिभ महिला समुहका अध्यक्ष डिलकुमारी छन्त्याल र जनता प्राविका प्रधानाध्यापक रुपप्रसाद भण्डारीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम नेकपा एमाले गाउँ कामिटि अधिकारीचौरका अध्यक्ष सुनिल घर्तीको अध्यक्षता र सचिव प्रेम घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।