Skip to content
Friday, July 17, 2026 Nepali Online Media
February 21, 2017 बैतडी - BTD, समाज

बैतडीमा दुईलाख ४० हजारलाई हात्तीपाइलेविरुद्ध औषधि

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन १०, बैतडी | बैतडीमा यही फागुन २१, २२ र २३ गते हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुने भएको छ ।

हात्तीपाइले रोग उन्मूलन गर्ने अभियानअन्तर्गत हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले जानकारी दिनुभयो ।

जोशीका अनुसार गर्भवती महिला, दुई वर्षमुनिका बालबालिका, सात दिनसम्मका सुत्केरी र सिकिस्त बिरामीबाहेकका सबैलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइनेछ ।

जिल्लामा गएको पाँच वर्षयता हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपालबाट सन् २०२० सम्ममा हात्तीपाइले उन्मूलन गर्ने सरकारको लक्ष्यअनुसार हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन भइरहेको सूचना अधिकृत जोशीेले जानकारी दिनुभयो ।

हात्तीपाइले विरुद्धको औषधि लगातार छ वर्षसम्म वर्षमा एकपटक सेवन गर्नुपर्ने हुन्छ । यो वर्ष बैतडीमा झन्डै दुई लाख ४० हजार जनसङ्ख्यालाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको छ ।

हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रमका लागि जिल्लाभरि ४५० भन्दा बढी स्वास्थ्यकर्मी, ८३१ भन्दा बढी महिला स्वास्थ्य स्वयम्सेविका र ६४९ स्वयम्सेवक परिचालन गर्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले हात्तीपाइले उन्मूलन गर्ने नेपाल सरकारको लक्ष्यअनुसार हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन गरिन लागेको जानकारी दिँदै कार्यक्रममा सहयोग गर्न पनि सबैलाई आग्रह गर्नुभयो । रासस