१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

संवेदनशील स्थानबाट ढुङ्गा निकासी

१० फाल्गुन २०७३, मंगलवार ०८:०७

फागुन १०, उदयपुर । त्रियुगा नगरपालिका– २ ढिम्की तटमा रहेको ढिम्की शिवालय मन्दिर आसपासको क्षेत्र र बरुवा वन क्षेत्रको संवेदनशील स्थानबाट ट्याक्टर व्यवसायीले अवैधरुपमा ढुङ्गा निकासी गर्ने गरेका छन् । 

शिवालय मन्दिर र गाईघाट बजार कटान नियन्त्रण गर्न निर्माण गरिएको तटबन्ध समेत भत्काउँदै उक्त ठाउँमा रातिको समयमा ढुङ्गा निकासी गर्ने गरिएको स्थानीयवासी दुर्गा पराजुलीले जानकारी दिनुभयो । सो संवेदनशील क्षेत्रबाट गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न जिल्ला विकास समिति र त्रियुगा नगरपालिकाले प्रतिबन्ध लगाएको छ । 

सम्बन्धित निकायले अनुगमन र रेखदेख नगर्दा केही स्थानीयवासी ढुङ्गा तस्करसँग मिलेर अवैधरुपमा गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्दैआएका छन् । तस्करले प्रतिट्याक्टर रु चार हजारदेखि रु चार हजार ५०० का दरले ढुङ्गा गिट्टी बिक्री गर्ने गरेका स्थानीयवासी नरेन्द्र कार्की बताउनुहुन्छ । 

विसं २०३०, २०३९ र २०४८ मा बरुवा नदी गाईघाट बजारतर्फ प्रवेश गर्दा सयौँ बिगाहा जग्गा बगरमा परिणत भएको थियो भने सयौँं परिवार विस्थापित भएका थिए । त्यसपछिका दिनमा ढिम्क क्षेत्रमा तटबन्ध निर्माण गरिनुका साथै उक्त क्षेत्रबाट ढुङ्गा गिट्टी र बालुवा निकासी गर्न प्रतिबन्ध लगाइएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन