2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नयाँ संविधान जारी हुने भएपछी बैतडी बासिद्धारा खुसि व्यक्त

September 17, 2015

नरी बडु/भदौ ३१, बैतडी । संविधानसभाले संविधान पारित गरेकोमा बैतडीका स्थानीय बासिन्दाहरुले खुशी व्यक्त गरेका छन् ।

ग्रामिण क्षेत्रका नागरिकहरुले पनि संविधान पारित भएकाले अब देशमा स्थायी शान्ति हुने विश्वास व्यक्त गरेका छन् ।
नेपालीको जनताको लामो समयको संघर्षपछि आफ्ना प्रतिनिधि मार्फत संविधान बनाउने सपना पूरा भएको छ ।

संविधान आएसंगै अब पिछडिएको क्षेत्रको विकास हुने बैतडी क्षेत्र नं २ सभाषद नर बहादुर चन्दले बताउनुभयो ।

नागरिकले दिएको जिम्मेवारी पूरा गर्न पाउँदा आफूलाई निकै खुशी लागेको उहाँले बताउनुभयो । यस्तै बैतडी क्षेत्र नं १ सभाषद दामोदर भण्डारीले नागरिकको संविधान संविधानसभाबाट पारित भएको बताउनुभयो ।

यो संविधानमा सबै माग समेट्ने प्रयास भएको छ केही कम भए पछि पनि संशोधन मार्फत थप्न सकिने उहाँले बताउनुभयो ।

नागरिकले दिएको मतलाई सदुपयोग गर्न पाएकोमा आफू हर्षित भएको भण्डारी भनाई रहेको छ । यसैगरी नेपाली कांग्रेसका जिल्ला सचिव पूर्णानन्द लेखकले संविधान निर्माण भएसंगै सबै नागरिकलाई खुशाी मनाउन पार्टीको तर्फबाट आग्रह गरिएको बताउनुभयो ।

यस्तै एमाले बैतडीका सचिव लिलाधर भट्टले संविधान निर्माणको काम सम्पन्न भएको र अब विकास निर्माणका कामले फड्को मार्ने बताउनुभयो ।

यस्तै राप्रपा नेपालका केन्द्रिय सदस्य पुष्करराज जोशी लख्खाभाईले नयाँ संविधानको आफ्नो पार्टीले स्वागत गर्ने बताउनुभयो । संविधानसभाबाट संविधान पारित भएसंगै सबैतिर खुशीयाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक