१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको खेलकुद तथा रचनात्मक सप्ताह हुने

१० फाल्गुन २०७३, मंगलवार ११:१४

नरजन तामाङ/फागुन १०, सुर्खेत ।मध्यपश्चिमाञ्चल विश्वविद्यालयको तेस्रो खेलकुद तथा रचनात्मक सप्ताह फागुन २५ गतेदेखि तेस्रो खेलकुद तथा रचनात्मक सप्ताह सुरु हुने भएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको अध्यक्षतामा बसेको क्याम्पस प्रमुख तथा स्वतन्त्र विद्यार्थी युनियन सहितको  बैठकले २०७३ फाल्गुन २५ गतेदेखि चैत्र १ गतेसम्म अन्तरक्याम्पस खेलकुद तथा रचनात्मक प्रतियोगिता स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सम्पन्न गर्ने निर्णय गरेको विश्वविद्यालयका सूचना अधिकारी बिष्णु कुमार खड्काले जानकारी दिए ।

उनका अनुसार खेलकुद प्रतियोगितामा  महिला तथा पुरुष भलिबल प्रतियोगिता, टेबलटेनिस, ब्याडमिन्टन, फुटबल, चेस, क्रिकेट  र रचनात्मक प्रतियोगितातर्फ कविता, गजल, वक्तृत्वकला , लोक नृत्य र हाजिरीजवाफ प्रतियोगिताहरू समावेस गरिएको छ । 

स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष झक्क शाहीको संयोजकत्वमा स्ववियु सचिव भरत शाही लगायतको विश्वविद्यालयको स्ववियुले सञ्चालन गर्ने उक्त प्रतियोगितामा समूह दर्ता गर्ने अन्तिम मिति २०७३ फाल्गुन २३ गते साझ ५ बजेसम्म तोकिएको छ र यस अघि  विश्वविद्यालयको पहिलो र दोस्रो खेलकुद तथा रचनात्मक सप्ताह सम्पन्न गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन