२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

भुत लागेको भन्दै चौचालय भत्काउने तयारी, १० दिनमा २१ जना छात्रा बिरामी

२ आश्विन २०७२, शनिबार ०५:१८

नरी बडु/ असोज २, बैतडी ।  सामाजिक अन्धविश्वासका कारण बैतडीको तल्लोसोराड क्षेत्रमा पर्ने सलेना गाविसमा रहेको श्री धर्मघर भुत लागेको भन्दै सौचालय भत्काउने तयारी गरीएको छ ।  उक्त विद्यालयमा अध्यनरथ छात्राहरुमा एक्कासी काँप्ने, चिच्याउने र अनियन्त्री भाषा प्रयोग गरी अनावश्यक बोल्ने समस्या देखिएपछि धामिझाँक्रिको विश्वासमा लागेर सौचालय भत्काउने तयारी भएको हो ।

विगत १० दिन यता देखि २१ जना छात्राहरुमा यस्तो समस्या देखिएको भएपनि जिल्ला स्वास्थ्य कार्यालयबाट अहिलेसम्म पहल नभएको धर्मघर उमाविका प्रधानाध्यापक केसबराज जोशिले बताए ।  प्रधानाध्यापक जोशिका अनुसार विगत ४/५ दिन यतादेखि स्थानियको दबावमा विद्यालयमा रहेको चार कोठे सौचालयमा ताला लगाईएको छ ।

सौचालयमा यसरी ताला लगाईदा विद्यार्थिहरु खुल्ला रुपमा सौच गर्न बाध्य भएको र त्यसले विद्यालय वरीपरीको वातावरण समेत दुर्गन्धीत भएको स्थानिय दिपक चन्दले बताए ।  उहाँका अनुसार स्थानियले पनि धामिझाँक्रिको विश्वासमा परी चार कोठे सौचालय भत्काउन दबाब दिईरहेका छन् ।

केही स्थानियले धामीझाँक्रिकै भरमा परी सौचालय भत्काउने तयारी गरेपछि युवाहरुले भने विद्यालयमा जोडीएको संम्पत्ति अन्धविश्वासमा भत्काउने तयारी हुदाँ त्यसलाई रोकिदिन र छात्राहरुमा देखिएको उक्त रोगको यथासिग्र उपचार गरीदन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

यता जिल्ला स्वास्थ्य कार्यालय बैतडीले भने हिजो मात्रै त्यसको आधिकारीक जानकारी आएको र पर्सिसम्ममा त्याहाँ स्वास्थ्यकर्मिको टोली पठाईने जिल्ला स्वस्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत जिवन भट्टले जानकारी दिए ।
भट्टका अनुसार यस्तो समस्या मास स्टोरीया भएका व्यक्तिलाई हुने र त्यसको छिट्टैनै उपचार हुने हुदा नआत्तीन समेत सबैलाई आग्रह गरेका छन् ।

अहिलेको युगमा धामीझाँक्रिको परेर नभई उपचार गरेर रोगहरु निको हुने भएकाले धामिझाँक्रिको विश्वासमा नपर्न र अन्धविश्वासमा परेर विद्यालयमा निर्माण भएका संरचनाहरु भत्काउने कसैलाईपछि अधिकार नभएकाले त्यस्तो कार्य नगर्न प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले स्थानियलाई आग्रह गरेका छन् ।
रोगको उपचार गर्ने निकाय हुदाँ हुदै सामाजिक अन्धविश्वासको पछि लागि यदि कसैलेपनि गैरकानुनि कार्य गरे कानुन बमोजिम कार्वाही हुने अधिकारीले बताए ।
त्यहाँका धामी झाँक्रिले भने सौचालय भत्काएपछि छात्राहरुलाई निको हुने बताएको स्थानिय दिपक चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प