नरी बडु/ भदौ २ बैतडी । नयाँ संविधान जारी हुने समय नजिकिनै लाग्दा बैतडीमा पनि संविधानको स्वगत स्वरुप दिपावली मनाईने भएको छ ।
नयाँ संविधान जारी भएपछि नेपाली जनताले देखेको वषौँ पछिको सपना सकार सकार हुने भएकाले खुसियालिस्वरुप बैतडीमा पनि दिपावली मनाईन लागेको हो ।
भाली संविधान जारी हुने खुसियालीमा नेपाल विद्यार्थि संघले बैतडीको पिपलकोट मा बाजागाजा सहित र्याली, पाटन नगरपालीकामा दिपावली र सदरमुकाममा रहेको जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम रहेको नेविसंघका जिल्ला सचिव सुरेन्द्र प्रशाद भट्टले बताए ।
यस्तै नेपाल निजामती कर्मचारी संगठन बैतडीले पनि नया संविधान घाषणा हुन लागेको प्रति खुसि व्यक्त गरेको छ ।
संगठनका अध्यक्ष कमलापती भट्टले समाजिक संजालमार्फत संविधान घोषणाको उपलक्षमा नेपाल निजामती कर्मचारी संगठनको खुसि व्यक्त गर्नुका साथै नयाँ नेपाल निर्माणको शुभकामना व्यक्त गरेका छन् ।