३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीबासीले गरे बाजागाजासहीत संविधानको भब्य स्वागत

३ आश्विन २०७२, आईतवार २०:०८

नरी बडु, असोज ३ बैतडी । बैतडीका विभिन्न ठाँउहरुमा बैतडीवासीले बाजागाजा र डेउडा सहित जननिर्वाचित नयाँ संविधान २०७२ को भब्य स्वागत गरेका छन्

आज देखि जारी भएको नयाँ संविधानले आफुहरुका हक अधिकारको सुनिश्चतता गर्ने विश्वास सहित बैतडीबासिले पञ्चेबाजा र सुदूरपश्चिमका प्रचलित लोक कला डेउडा गितबाट संविधानको स्वगत गरेका हुन् ।

२०६२÷०६३ को आन्दोलनको सुरुवाती केन्द्रबिन्दु मानिने बैतडीको सदरमुकाममा रहेको साहिलेक बाजारमा अवस्थीत लोकतान्त्रीक चोकबाट पञ्चेबाजा र युवाहरुको र्यालि सहित सदरमुकाम परिकर्मा गरेर नयाँ संविधानको स्वगत गरीएको छ ।

जिल्लामा क्रियासिल मानिने राजनितीक दलहरुले छुट्टाछुट्ै कार्यक्रमको आयोजना गरी संविधानको स्वागत गरेपनी स्थानिय ब्यापारी, सर्वसाधारण, नागरीक समाज, संघसंस्थाहरुले भने बाक्लो उपस्थीतीमा लोकतान्त्रिक चोकलाई नै संविधानको स्वागत गर्ने महत्वपुर्ण ठाँउको रुपमा लिए ।

नेपाली एकतालाई चिनाउन कुनै दलिय झण्डा नउठाई स्थानियले संयुक्त रुपमा नेपालको झण्डा हातमा लिई र्याली सहित सदरमुकाम परिकर्मा गरेको र्यालीका अगुवा माधव विष्टले बताए ।

यो सबै नेपालीको साझा संविधान भएकाले संयुक्त रुपमा र्याली सहित डेउडा नाचगान गरी आफुहरुले संविधानको स्वागत गरेको उनले बताए ।

उक्त कार्यक्रममा जिल्ला सदरमुकास्थीत व्यापारी, स्थानिय सर्वसाधारण, संघ संस्था, नागरीक समाज र दलित पिछडीएका व्यक्तिहरुको उल्लासमय उपस्थीती रहेको थियो ।

यस्तै बैतडीमा क्रियासिल राजनितिक दलहरुले पनि आ–आफ्नो पार्टी कार्यालयमा छुट्टा छुट्टै कार्यक्रमको अयोजना गरी नयाँ संविधानको स्वगत गरेका छन् ।

त्यसैगरी बैतडीको दुर्गास्थान, श्रीकेदार, पाटन, गोकुलेश्वर लगायतका क्षेत्रहरुमा पनि स्थानियले बाजागाजा सहित संविधानको भव्य स्वगत गरेको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली