२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लमजुङमा गाउँले आफैँले ऋण खोजेर सडक निर्माण गरे

२०७३, ११ फाल्गुन बुधबार ०७:१७

फागुन ११, लमजुङ । गाउँ पुग्ने सडक नभएपछि नाल्माका स्थानीयले ऋण गरेर भएपनि आफैं सडक निर्माण गरेका छन् । 

जिल्लाको सदरमुकाम बेँसीसहर–१६ नाल्मा बाख्रेजगतका स्थानीयले रु. १८ लाखको लागतमा बाख्रेजगतदेखि स्यारेसम्मको करिब एक दशमलव पाँच किलोमिटर सडक निर्माण गरेको सडक निर्माण समितिका अध्यक्ष सरिता गुरुङले बताउनुभयो । 

“गाउँमा सडक नआउँदा हेपिएको महसुस भयो” अध्यक्ष गुरुङले भन्नुभयो– “हामी आफँैले रकम सङ्कलन गरेर गाउँसम्म मोटर आउन सक्ने बाटो बनायौँ ।” 

सडक ट्र्याक खोल्नका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत जिल्ला विकास समितिबाट रु तीन लाख सहयोग पाएको उल्लेख गर्दै उहाँले भन्नुभयो – ती बाहेक रु १५ लाख ऋण खोजेर सडक बनाएको छ । 

“बाटो बनाउँदा रु १५ लाख नगद ऋण लागेको छ, हाम्रो जनश्रमदानको त कुनै हिसाब किताब नै छैन” अध्यक्ष गुरुङले भन्नुभयो – सडक निर्माणमा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो । 

प्रभावकारी काम हुने विश्वास नलागेर एकैचोटी धेरै रकम विनियोजन गर्न नसकिएको बताउँदै सांसद चन्द्रबहादुर कुँवरले भन्नुभयो – स्थानीयको काम प्रशंसनीय भएकाले आगामी वर्षमा आवश्यक रकम विनियोजन गर्न पहल गर्ने छु । 

स्थानीयले सडक निर्माणका लागि गरेको काम उदाहरणीय भएको स्थानीय विकास अधिकारी शेखर पौड्याल बताउनुहुन्छ । “जिल्लामा उत्कृष्ट काम गर्ने उपभोक्ता समितिलाई सम्मान गर्ने प्रचलन छ” स्थानीय विकास अधिकारी पौड्यालले भन्नुभयो “यो उपभोक्ता समूह पनि सम्मान योग्य छ ।” 

सडक निर्माणको क्रममा ऋण लागेकाले रकम थप गर्न स्थानीयले जिविससँग माग गरेका छन् । स्थानीयले अझै सडक ट्र्याक पूरा नभएको तर ऋण धेरै भएकाले काम अघि बढाउन नसकिएको बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना