2026-10-21 11:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सहर उज्यालो पार्दै भरतपुरका उपभोक्ता

फागुन ११, चितवन । भरतपुरका उपभोक्ता सहर उज्यालो पार्ने अभियानमा जुटेका छन् ।

स्थानीय विकास मन्त्रालयको जनसहभागितामा आधारित कार्यक्रम अन्तर्गत सहर उज्यालो पार्ने अभियानमा स्थानीय उपभोक्ता सक्रिय भएका हुन् ।

यो वर्ष साढे ४ सय सौर्य सडक बत्तीको माग भएकामा मन्त्रालयबाट ४९ लाख रुपैयाँ मात्र बजेट स्वीकृत भएकाले प्राथमिकताको आधारमा विभिन्न टोलले काम समेत सुरु गरेको भरतपुर उपमहानगरपालिकाका इन्जिनियर विराट घिमिरेले बताए । 

सो बत्तीका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यो वर्ष स्याउलीबजारका लागि मात्रै १८ लाख ५५ हजार रुपैयाँ अनुदान दिएको र भरतपुर उपमहानगरले दुई लाख ७९ हजार व्यहोरेको छ भने सात लाख २० हजार रुपैयाँ स्थानीय बासिन्दाले व्यहोरोका छन् । 

ससांसद कृष्णभक्त पोखरेलको सांसद विकास कोषबाट समेत दुई लाख प्राप्त भएको स्याउलीबजार टोल विकास संस्थाकी अध्यक्ष तुलसा ज्ञवालीले बताइन् । 

उनका अनुसार सडकको अध्याँरो क्षेत्रमा यो वर्ष २७ वटा सौर्य सडकबत्ती निर्माण लागि २८ लाख ५५ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ। गएको बर्ष स्याउलीबजार र हाकिमचोकको राजमार्ग क्षेत्रमा ४७ वटा सौर्य सडक बत्ती बालिएको थियो ।

अझै एकसय जती बत्ती भयो भने स्याउलीबजार आसपासका क्षेत्रमा राती बिजुली बत्तीको आवश्यकता नपर्ने उल्लेख गर्दै अध्यक्ष ज्ञवालीले भने, “आगामी बर्ष पनि यो अभियान जारी हुन्छ । यसरी सोलार बत्ती राख्दा हिंड्नलाई पनि सजिलो र दुर्घटनाको जोखिम कम हुन्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ