२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सहर उज्यालो पार्दै भरतपुरका उपभोक्ता

२०७३, ११ फाल्गुन बुधबार ०७:२९

फागुन ११, चितवन । भरतपुरका उपभोक्ता सहर उज्यालो पार्ने अभियानमा जुटेका छन् ।

स्थानीय विकास मन्त्रालयको जनसहभागितामा आधारित कार्यक्रम अन्तर्गत सहर उज्यालो पार्ने अभियानमा स्थानीय उपभोक्ता सक्रिय भएका हुन् ।

यो वर्ष साढे ४ सय सौर्य सडक बत्तीको माग भएकामा मन्त्रालयबाट ४९ लाख रुपैयाँ मात्र बजेट स्वीकृत भएकाले प्राथमिकताको आधारमा विभिन्न टोलले काम समेत सुरु गरेको भरतपुर उपमहानगरपालिकाका इन्जिनियर विराट घिमिरेले बताए । 

सो बत्तीका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यो वर्ष स्याउलीबजारका लागि मात्रै १८ लाख ५५ हजार रुपैयाँ अनुदान दिएको र भरतपुर उपमहानगरले दुई लाख ७९ हजार व्यहोरेको छ भने सात लाख २० हजार रुपैयाँ स्थानीय बासिन्दाले व्यहोरोका छन् । 

ससांसद कृष्णभक्त पोखरेलको सांसद विकास कोषबाट समेत दुई लाख प्राप्त भएको स्याउलीबजार टोल विकास संस्थाकी अध्यक्ष तुलसा ज्ञवालीले बताइन् । 

उनका अनुसार सडकको अध्याँरो क्षेत्रमा यो वर्ष २७ वटा सौर्य सडकबत्ती निर्माण लागि २८ लाख ५५ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ। गएको बर्ष स्याउलीबजार र हाकिमचोकको राजमार्ग क्षेत्रमा ४७ वटा सौर्य सडक बत्ती बालिएको थियो ।

अझै एकसय जती बत्ती भयो भने स्याउलीबजार आसपासका क्षेत्रमा राती बिजुली बत्तीको आवश्यकता नपर्ने उल्लेख गर्दै अध्यक्ष ज्ञवालीले भने, “आगामी बर्ष पनि यो अभियान जारी हुन्छ । यसरी सोलार बत्ती राख्दा हिंड्नलाई पनि सजिलो र दुर्घटनाको जोखिम कम हुन्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन