पढ्न करिब 1 मिनेट लाग्छ

सागर शर्मा/फागुन ११, प्युठान । महिला समितिका सदस्यहरुका लागी आधारभुत तालिम वुधवार खंलगामा सम्पन्न भएको छ ।

महिला तथा बालबालिका कार्यालय प्युठानको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिममा जिल्लाका वाँधिकोट, फोप्ली, तिराम, माझकोट, खैरा, मरन्ठाना र धर्मावती का अगुवा महिलाहरु सहभागी थिए । सात दिने तालिममा ३० जनाको सहभागिता रहेको थियो ।

फागुन ५गते देखि ११ गतेसम्म चलेको तालिममा समुह, वचत परिचालन, नेतृत्व विकास, लैङगीकता, प्रजनन स्वास्थ्य, ग्रामिण व्यावसाय, संञ्चार, वालविवाह, महिलाको अवस्था र शशक्तिकरणको आवश्यकताको वारेमा सहजीकरण गरिएको थियो ।

स्थानिय अगुवा महिलाहरु सम्मिलीत तालिमको उद्धेश्य महिला समुह समिती संस्थाका सदस्यहरुको लागी महिला समुह समिती संञ्चालन गर्नको लागी आवश्यक पर्ने आधारभुत ज्ञान दिने रहेको महिला तथा बालबालिका कार्यालय प्युठानका महिला विकास निरिक्षक माया श्रेष्ठले जानकारी दिनुभयो ।

तालिमको सहजीकरण महिला विकास निरिक्षक माया श्रेष्ठको संयोजकत्वमा महिला विकास अधिकृत विष्णु आचार्य, विजयकुमार श्रेष्ठ लगाएत कार्यालयका कर्मचारीहरुले गर्नुभएको थियो ।