पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>रबिन्द्र यादव/फागुन ११,नवलपरासी । </b>नवलपरासीको कुडीया महलबारीमा मदार बाबाको दशर्न गरेर फर्किने बेलामा गर्दा एक भारतीय भक्तजनको मृत्यु भएको छ ।<br></p><p>मदार बाबाको मजार महलबारी देखि दुम्किबासको करिब साढे नौ किलोमिटर दुर्गम उच्च पहाडको डाडाँमा अवस्थित रहेको मदार बाबाको मजार बाट दर्शन गरि फर्किने क्रममा सोमवार बेलुकी महलबारी बाजारमा करिब ४ बजे गोरखपुरको नयाँ बजार बस्ने अन्दाजी ५४ बर्षिय सरदार जायसवालको मृत्यु भएको हो ।</p><p>मजारबाट दर्सन गरि मेला बाट फर्किने क्रममा जायसवाललाई एक्कासी रिङ्गटा लागि बेहोस भई ढलेपछि घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । महलबारी मदार मेलामा दर्शन गर्न अाउने बर्सेनि चार पाच जनाको मृत्युु कुनै न कुनै कारणले हुने गरेको स्थानीयले बताउछन ।</p>

