फागुन १२, इलाम । चितुवाले गोठमा बाँधेका पशु चौपाया धमाधम मारिदिन थालेपछि जिल्लाको उत्तरी क्षेत्रका किसान हैरान भएका छन् । 

जङ्गली क्षेत्रभन्दा निकै टा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १२, इलाम । चितुवाले गोठमा बाँधेका पशु चौपाया धमाधम मारिदिन थालेपछि जिल्लाको उत्तरी क्षेत्रका किसान हैरान भएका छन् । 

जङ्गली क्षेत्रभन्दा निकै टा"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

चितुवा आतङ्कले इलामका बासिन्दा चिन्तित

१२ फाल्गुन २०७३, बिहीबार ०७:१०

फागुन १२, इलाम । चितुवाले गोठमा बाँधेका पशु चौपाया धमाधम मारिदिन थालेपछि जिल्लाको उत्तरी क्षेत्रका किसान हैरान भएका छन् । 

जङ्गली क्षेत्रभन्दा निकै टाढाका बस्तीसम्म झरेर घर–गोठमा बाँधिएका गाई, बाख्रा, गोरू र घोडासमेत मारिदिन थालेपछि लेकाली क्षेत्रका जमुना, जोगमाई, प्याङ, मावु, माइमझुवाका बासिन्दा हैरान बनेका हुन् । 

घरगोठमै चितुवा आएर चौपाया खान थालेपछि आर्थिक नोक्सानीसँगै स्थानीयवासीमा डर र त्रास बढेको छ । फागुन पहिलो साताभित्र मात्र धेरै किसानको गोठका खसी, बाख्रा, गाई र घोडा चितुवाले खाइदिएको जमुनाका दीपक गुरुङले बताउनुभयो । 

चितुवाले जमुना–८ इङलाका तारामान गुरुङको तीनवटा खसी खाँदा रु ५० हजारभन्दा बढीको नोक्सानी भएको पीडितले बताउनुभयो । 

यस्तै, जमुना–८ कै दोर्जे शेर्पाका दुई माउ बाख्रा, जमुना–५ का छेत्तर शेर्पाका तीनवटा बाख्रा, जोगमाई–७ का सुब्बा कान्छाको एउटा घोडा र एक माउ गाई चितुवाले मारिदिएको छ । जोगमाई–१ र २ मा चितुवाले खोरबाटै धमाधम खसी लैजान थालेपछि स्थानीयवासीले खसी–बाख्रा घरभित्र थुन्नुपर्ने बाध्यता आएको स्थानीयवासी बताउँछन् । 

चितुवा आतङ्कका कारण पशुचौपायालाई पनि घरमै थुन्नु परेको जमुनाका तारामान गुरूङ बताउनुहुन्छ । दुःख गरेर जोडेको पशुचौपाया चितुवाले खाइदिएपछि किसानलाई ठूलो आर्थिक नोक्सानी भइरहेको बताउँदै तारामान भन्नुहुन्छ, “आँगनमै आएर चितुवाले पशुचौपाया लगिदिन्छ, चितुवाका कारण घाँस÷दाउरा लिन पनि जङ्गल जान मुस्किल भएको छ ।” 

वरिपरी सामुदायिक वन बढेपछि चितुवाको आतङ्क पनि बढ्न थालेको स्थानीयवासी बताउँछन् । जमुनाको हाँगेथाम, हिले, चोयाटार, जोगमाईमा कागे, महादेव लगायतका सामुदायिक वन रहेका छन् । 

भारतीय सीमा क्षेत्र नजिकको यी गाविससँगै भारत सरकारले संरक्षण गरिरहेको सिंहलिला नेसनल पार्क छ । वरिपरि संरक्षित वन रहेका कारण पनि बस्तीमा चितुवालगायत अन्य वन्यजन्तुको आतङ्क सधैँजसो भइरहने प्याङका लोकेन थेबे बताउनुहुन्छ । चितुवाको आतङ्क बढ्नुअघि यस क्षेत्रमा बँदेलको आतङ्क थियो । बँदेलले खेतबारीमा लगाएको खेतीबालीमा नोक्सानी पु¥याउँदै आएको छ । 

सामुदायिक वनमा जथाभावी घाँस, दाउरा र स्याउला काट्न प्रतिबन्ध लागेपछि वन बढेको र जङ्गली जनावरको समेत आतङ्क बढेको स्थानीयवासीको भनाइ छ । विगत केही वर्षअघि नै सरकारले घरेलु हतियार सङ्कलन गरेपछि गाउँघरमा सिकार खेल्ने प्रचलन समेत बन्द भएकाले जङ्गली जनावर बढेको स्थानीयवासी बताउँछन् । वन्यजन्तुको आतङ्क रोक्न स्थानीयवासीले सम्बन्धित निकायमा आग्रहसमेत गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य