2026-09-18 11:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा सात प्रतिशत हात्तीपाइले सङ्क्रमित

फागुन १२, भोजपुर । भोजपुरमा कुल जनसङ्ख्याको सात प्रतिशत जनसङ्ख्यामा हात्तीपाइले रोगको सङ्क्रमण रहेको जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ । 

हात्तीपाइले रोग निवारणसम्बन्धी बुधबार भोजपुर जिल्लामा क्रियाशील पत्रकारसँगको अन्तरक्रियामा यस्तो जानकारी गराइएकोे हो । विगत ६ वर्षयता देशव्यापीरुपमा थालिएको हात्तीपाइले रोग निवारणसम्बन्धी अभियानको छैटाँै चरणमा आइपुग्दासम्म भोजपुरमा अपेक्षितरुपमा नियन्त्रणमा आइनसकेकाले पुनः यस वर्ष निरन्तरता दिइने जनाएको हो । 

अभियान थालिएको पहिलो वर्षमा टक्सार र जरायोटार गाविसको नमुना सङ्कलनबाट कुल जनसङ्ख्याको ४० प्रतिशत जनसङ्ख्यामा हात्तीपाइले सङ्क्रमण देखापरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताउनुभयो । 

नियन्त्रणका लागि यही फागुन २१, २२ र २३ गतेसम्म पाँचसय ६७ केन्द्रमा औषधि वितरण गर्ने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यसका लागि जिल्लाभरबाट चारसय ३५ स्वास्थ्यकर्मी, एकहजार एकसय तीन महिला स्वास्थ्य स्वयम्सेविका खटिने भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई