१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा सात प्रतिशत हात्तीपाइले सङ्क्रमित

१२ फाल्गुन २०७३, बिहीबार ०७:१८

फागुन १२, भोजपुर । भोजपुरमा कुल जनसङ्ख्याको सात प्रतिशत जनसङ्ख्यामा हात्तीपाइले रोगको सङ्क्रमण रहेको जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ । 

हात्तीपाइले रोग निवारणसम्बन्धी बुधबार भोजपुर जिल्लामा क्रियाशील पत्रकारसँगको अन्तरक्रियामा यस्तो जानकारी गराइएकोे हो । विगत ६ वर्षयता देशव्यापीरुपमा थालिएको हात्तीपाइले रोग निवारणसम्बन्धी अभियानको छैटाँै चरणमा आइपुग्दासम्म भोजपुरमा अपेक्षितरुपमा नियन्त्रणमा आइनसकेकाले पुनः यस वर्ष निरन्तरता दिइने जनाएको हो । 

अभियान थालिएको पहिलो वर्षमा टक्सार र जरायोटार गाविसको नमुना सङ्कलनबाट कुल जनसङ्ख्याको ४० प्रतिशत जनसङ्ख्यामा हात्तीपाइले सङ्क्रमण देखापरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताउनुभयो । 

नियन्त्रणका लागि यही फागुन २१, २२ र २३ गतेसम्म पाँचसय ६७ केन्द्रमा औषधि वितरण गर्ने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यसका लागि जिल्लाभरबाट चारसय ३५ स्वास्थ्यकर्मी, एकहजार एकसय तीन महिला स्वास्थ्य स्वयम्सेविका खटिने भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड