२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पोषण सुरक्षाका लागि अनुदान वितरण

१२ फाल्गुन २०७३, बिहीबार ०७:४६

फागुन १२, भद्रपुर । जिल्ला पशुसेवा कार्यालय भद्रपुरले पाथिभरा कृषि फार्म दमकलाई चल्ला हुर्काउने केन्द्र स्थापनाका लागि रु ३० लाख अनुदान सहयोग गरेको छ । 

जिल्लामा पोषण सुरक्षाको अवस्थालाई अझ सबल र सुदृढ बनाउने उद्देश्यले सो केन्द्रको स्थापना गर्न लागिएको हो । 

यसैगरी जिल्ला पशुसेवा कार्यालयले मध्यपहाडी तथा हुलाकी मार्ग लक्षित एकीकृत दुग्ध उत्पादन प्रवद्र्धन कार्यक्रम (डेरी पकेट क्षेत्र) अन्तर्गत पाँचवटा समूहलाई जनही रु ११ लाख २० हजारका दरले अनुदान उपलब्ध गराएको छ । 

अनुदान प्राप्त गर्नेमा मनकामना सामुदायिक वन उपभोक्ता समूह राजगढ, पाँचगाछी दुग्ध उत्पादक कृषि समिति आठमोज्जा बचत तथा ऋण सहकारी संस्था लि खुजरगाछी, सानुमाई गाई विकास समिति शरणामती र बैगुनधुरा दुग्ध उत्पादक कृषक समिति बैगुनधुरा छन् । 

यस्तै, सोहि कार्यक्रमअन्तर्गत दुग्ध बजारीकरण व्यवस्थापनका लागि नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि मेचीनगरपालिका र रितिका डेरी उद्योग धाइजनलाई रु १३ लाख अुनदान दिएको छ । 

यसैगरी, मासु उत्पादनका लागि पाडा हुर्काउन भट्टराई ब्रदर्श एग्रिकल्चर फार्म गौरादह र प्रगति कृषि फार्म कुमरखोदलाई जनही रु दुई लाखका दरले अनुदान वितरण गरेको जिल्ला पशुसेवा कार्यालय भद्रपुरका पशु चिकित्सक डा कुमारसिंह खत्रीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा