२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

शैक्षिक सामग्रीको प्रयोगले सिकाइ उपलब्धिमा सुधार

१२ फाल्गुन २०७३, बिहीबार ०८:११

फागुन १२, पाल्पा । कक्षाकोठामा शैक्षिक सामग्रीको प्रयोगले शिक्षण सिकाइ कार्य प्रभावकारी बन्दै गएको छ । 

कक्षाकोठामा पाठअनुसार शिक्षकले दिनहुँ प्रयोग गर्ने शैक्षिक सामग्रीले शिक्षाको गुणस्तरमा वृद्धि ल्याएको छ । हिजोआज धेरैजसो विद्यालयमा शैक्षिक सामग्रीलाई अनिवार्य रुपमा कक्षाकोठामा प्रयोग गर्न थालिएपछि रुचिपूर्वक विद्यार्थीले सिकाइ सिक्ने गरेको पाइएको छ । 

जिल्लाको पूर्वी भेगका रामपुर र गाडाँकोट स्रोतकेन्द्रका विद्यालयमा अनिवार्य रुपमा कक्षाकोठामा शैक्षिक सामग्रीको प्रयोग हुँदै आएको छ । शैक्षिक सामग्रीकै प्रयोगले यहाँका विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार भएको स्थानीय शिक्षक बताउँछन् । 

कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी गरेर पठनपाठन गराउन थालेपछि विद्यार्थीमा पढाइप्रति रुचि र सिकाइ उपलब्धिमा सुधार भएको रामतुल्सी माध्यमिक विद्यालयका शिक्षक लेखनाथ शर्मा मरासिनीले बताउनुभयो । 

शैक्षिक सामग्री देखाउँदै अध्यापन गराउँदा विद्यार्थीलाई सिकाउन र बुझाउन पनि सजिलो हुने गरेको पनि उहाँले बताउनुभयो । 

पाठअनुसार आवश्यक पर्ने विभिन्न शैक्षिक सामग्रीको प्रयोग गर्दै शिक्षकले सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा अध्यापन गराउँदा पढाइमा उत्प्रेरणा जाग्दै गएको रामतुल्सी मावि कक्षा ९ मा अध्ययनरत छात्रा अस्मिता पाण्डे बताउनुहुन्छ । 

कक्षाकोठामा सबैले देख्ने ठाउँको भित्तामा पाठ प्रसङ्गअनुसार शैक्षिक सामग्री राखेर शिक्षण गरिँदै आएको दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा बताउनुहुन्छ । 

आवश्यक परेमा शिक्षक र विद्यार्थी मिलेर आफैं पनि शैक्षिक सामग्री निर्माण गरी शिक्षण कार्य गर्दै आएको उहाँले बताउनुभयो । 

कक्षाकोठामा शैक्षिक सामग्री प्रयोगमा ल्याइएपछि यस क्षेत्रका विद्यालयमा विद्यार्थीको वार्षिक सिकाइ उपलब्धिमा सुधार हँुदै गएको गाडाँकोट स्रोतकेन्द्रका स्रोतव्यक्ति शेषकान्त भट्टराई बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु