पढ्न करिब 1 मिनेट लाग्छ

फागुन १२, बर्दिया । बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

बर्दियाको ठाकुरद्धार आम्बासा सडक खण्ड अन्तर्गत ठाकुरद्धारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी बसेका एक जनाको ज्यान गएको हो ।

भे २ प ६६६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दैलेख जम्मुकाँध घर भई बर्दियाको सूर्यपटुवा ठाकुरद्धार सिँचाईमा कार्यरत नविन भण्डारीको ज्यान गएको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

मोटरसाइकल चालक शिवपुर–९ का संजय थारुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ ।