नरी बडु, असोज १५, बैतडी । भारतबाट आउने पेट्रोलियम पदार्थको आपूर्ति रोकेपछी बैतडीमा पनि डिजेल र पेट्रोलको चरम अभाव भएको छ ।
भारतले अघोषित रुपमा गरेको नाकाबन्दीका कारण बैतडीमा पनि पेट्रोल र डिजेलको चरम अभाव सिर्जना भएको हो ।
जिल्लामा डिजेल र पेट्रोलको आपूर्ती नहुँदा जिल्ला प्रशासन कार्यालयले जोर विजोर प्रणाली अन्र्तगत सानो गाडीलाई हप्तामा १० लिटर र ठूलो गाडीलाई हप्तामा २० लिटर मात्र डिजेल उपलब्ध गराउन पेट्रोल पम्प संचालकहरुलाई निर्देशन दिएको छ ।
नेपाल सरकारको पेट्रोल र डिजेल फारु गर्ने कार्यक्रम अनुसार सरकारी गाडी पनि आवश्यकता अनुसार मात्र चलाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।
उहाले भन्नुभयो “पेट्रोलियम पदार्थको समस्या भएकाले सकभर सार्वजनिक गाडीमा मात्र यात्रा गर्न सुझाव दिएका छौ” ।
माथिबाटै आवश्यकता अनुसार पेट्रोलियम पदार्थका आपुर्ति नहुदा आफुहरुलाई पनि वितरण गर्न नसकिरहेको भण्डारी आयल स्टोर सतबाँझका संचालक लाल बहादुर भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार भण्डारी आयल स्टोरमा अहिले कत्तिपनि पेट्रोल मौज्दात छैन । अहिले जिल्लामा करीब १५ दिन जति मात्रै धान्नसक्ने गरी पेट्रलियम पदार्थ रहेको प्रमुख प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।