फागुन १३, कालीकोट | जिल्ला कारागार कालीकोटमा रहेका कैदी जिवन बिताइरहेका एक जोडीले जेलभित्रै बिहिबार विवाह गरेका छन्।  कालीकोट राचुली गाविस ९ का ३३ बर्षीय डिल्ली को"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १३, कालीकोट | जिल्ला कारागार कालीकोटमा रहेका कैदी जिवन बिताइरहेका एक जोडीले जेलभित्रै बिहिबार विवाह गरेका छन्।  कालीकोट राचुली गाविस ९ का ३३ बर्षीय डिल्ली को"/>
२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

श्रीमती हत्यारा डिल्ली र श्रीमान हत्यारा मिम्कोसाले जेलभित्रै अर्को विवाह गरे

२०७३, १३ फाल्गुन शुक्रबार ०२:००

फागुन १३, कालीकोट | जिल्ला कारागार कालीकोटमा रहेका कैदी जिवन बिताइरहेका एक जोडीले जेलभित्रै बिहिबार विवाह गरेका छन्।  कालीकोट राचुली गाविस ९ का ३३ बर्षीय डिल्ली कोइराला र कालीकोट लालु ७ घर भएकी ३० बर्षीया मिम्कोसा बिष्टबीच बिहे भएको हो। कोइराला पत्नीको हत्या गरेर जेल सजाय भोग्दै छन् भने बिष्टले पतिको हत्यामा जेल सजाय भोगिरहेको जेलर सञ्जय महतोले बताए।

बन्दीगृहभित्र महिला र पुरुष छुट्टाछुट्टै बस्ने व्यवस्था छ। सँगै एकै ठाउँमा रहँदा डिल्लीकी आमाले मिम्कोसालाई बुहारी बन्न अनुरोध गरेकी थिइन्।जेलभित्रै बेहुली बनेकी मिम्कोसाले भनिन् ‘डिल्लीकी आमाले गर्दा मैले मन पराएकी हुँ। मैले श्रीमान हत्या गरे डिल्लीले पनि श्रीमतीको हत्या गरे। त्यसैले उनीसँगै विवाह गर्न मन लाग्यो।’

डिल्लीले भने ‘यो विवाहले समाजलाई पनि पाठ सिकाउँछ। दुइटैको कमजोरी भएको छ कमजोरी गरेकाले कमजोरी गर्नेसँगै विवाह गरेको हुँ।’ उनीहरु जेल सजाय पूरा नगर्दासम्म सँगै बस्न नपाउने जेलर महतोले बताए। –  नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट