2026-08-29 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खेल क्षेत्रको विकासको लागि सबै सरोकारवालालाइ एकबद्ध हुन खेलाडिको आग्रह

नन्दराम जैशी, फागुन १३ जुम्ला | जुम्लाका खेलाडिहरुले जिल्लास्थित सबै सरोकारवाला निकायहरुलाइ जिल्लाको खेल क्षेत्रको विकासको लागि एकबद्ध हुन आग्रह गरेका छन् । जिल्लाको खेल क्षेत्रको विकास नभएसम्म दक्ष खेलाडि उत्पादन नहुने दावि गर्दै जुम्लाका खेलाडिले जिल्लास्थित सरोकारवाला निकायहरुलाइ जिल्लाको खेल क्षेत्रको विकासको लागि एकबद्ध हुन आग्रह गरेका हुन् ।

एथ्लेटिक्स खेलाडि मधुराज न्यौपानेले हाल जुम्लामा उपयुक्त खेल मैदान नहुँदा खेलाडीहरुलाई अभ्यास गर्नमा कठिनाई भएको बताउनुभयो । जिल्ला स्थित सरोकारवालाहरुको पनि खेल क्षेत्रको विकास तर्फ खासै ध्यान जान नसकेको उहाको भनाइ छ । जुम्लाका एथ्लेटिक्स खेलाडिहरुले स्वदेश तथा विदेशरमा एक पछि अर्को सफलता प्राप्त गरीरहेका छन् । तर एथ्लेटिक्सको अभ्यास गरीरहनु भएकि खेलाडी सिता न्यौपानेले राम्रो खेल मैदान नभएका कारण आफुहरुलाई दौडमा समस्या भएको जानकारी गर्नुभयो ।

यता जुम्लामा खेल क्षेत्रको विकासका लागि सबैलाइ हातेमालो गर्न जिल्ला खेलकुद विकास समिति जुम्लाले अनुरोध गरेको छ । जिल्लाको खेल क्षेत्रको विकासका लागि समितिको एक्लो प्रयासले मात्र संभव नहुने भन्दै सबैलाइ हातेमालो गर्न समितिले आग्रह गरेको हो । जुम्लामा सोचेअनुरुप खेलाडि र खेल क्षेत्रको विकास नहुनुमा सबै निकायको सहयोग र समन्वयको कमि रहेको जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेको भनाइ छ ।

उहाले भन्नुभयो, सरकारको सिमित स्रोत साधानले जिल्लामा दक्ष खेलाडि तथा खेल क्षेत्र विकास संभव छैन, यसमा सबै सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोग र समन्वयको खाँचो छ । जुम्लामा रहेका सबै क्षेत्रका खेलाडिको क्षमता विकास तथा दक्ष खेलाडि उत्पादनका लागि समितिले काम गर्दै आएपनि सोचे अनुरुप उपलब्धी हुन नसकेकोमा दुख ब्यक्त गर्दै आगामि दिनमा सबैसँग छलफल तथा अन्र्तक्रियाको माध्ययमबाट अघि बढ्ने कार्यालय प्रमुख न्यौपानेको भनाइ छ ।

कर्णाली स्पोट्स क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले सम्बन्धीत निकायबाटै खेल क्षेत्र प्रतिकोे सकारात्मक सोचको अभावले जुम्लाको खेल क्षेत्र अगाडी बढ्न नसकेको दावि गर्नुभयो । खेल क्षेत्रका लागि आवाश्यक बजेट तथा सहयोगको कमिका कारण क्लबद्धारा प्रशिक्षण लिइरहेका खेलाडिलाइ निरन्तर प्रशिक्षण दिन, आवाश्यक खेल सामाग्रि खरित तथा औषधि उपचार गर्न, र प्रतिस्पर्धाका लागि अन्य जिल्लामा पठाउदाँ निकै आर्थिक समस्या हुने गरेको अध्यक्ष शाहिले बताउनुभयो ।

धावक हरि बहादुर रोकायाले खेलाडिहरुले अपेक्षा गरे अनुसार जुम्लाबासीबाट उपयुक्त खेल मैदानका लागि पहल नभएको बताउनुभयो । सरकारले खेलकुदको लागि आवश्यक बजेट नछुट्याएको तथा अन्तर्र्ष्ट्रिय प्रतियोगितमा सहभागीता जनाउने खेलाडीको लागि आवश्यक अभ्यासको व्यवस्था नगरेका कारण पनि खेलाडीहरुले अपेक्षित उपलब्धि हात पार्न नसकेको खेलकुद विकास समिति जुम्लाका अध्यक्ष हरी श्रेष्ठको भनाइ छ । कतिपय खेलाडिले राजनीतिकर्मीले खेलाडीलाई प्रयोग गर्ने तर खेलकूद क्षेत्रको विकासमा लगानी नगर्ने प्रबृतिका कारण पनि खेल क्षेत्र धरासायी बनेको बताएका छन् ।   

खेलकूद क्षेत्रमा राजनीतिक ब्यक्तिहरुलाई नियुक्त गर्ने परम्पराको अन्त्य हुनुपर्ने भन्दै सम्बन्धित क्षेत्रका विज्ञहरुलाई नै पदाधिकारी बनाएमात्रै खेलकूदको विकास हुने खेलकुदमा सरोकार राख्ने ब्यक्तिहरु बताउछन् । भने सरकारको उपेक्षाको कारण जुम्काको खेलकुद क्षेत्रको विकास हुन नसकेको जुम्लाबासिको भनाइ छ । नेपाली खेलकुद क्षेत्र व्यवसायिक बन्न नसकेको कारण खेलकुद क्षेत्रमा लागेर भविश्य निमार्ण नहुने भन्दै खेलाडी पलायन हुने क्रमसमेत वढेको देखिन्छ । नेपाली खेलकुदमा राम्रो संभावना रहेकोले यसको विकाससमा राज्यसगै खेलसंग सम्वन्धित संघ संस्था तथा व्यत्तिहरु समेत एक भएर अगाडि बढ्नु पर्नेमा जुम्लाबासिले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था