फागुन १३, म्याग्दी । महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको चहलपहल सुरु भएको छ । 

मुक्तिना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १३, म्याग्दी । महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको चहलपहल सुरु भएको छ । 

मुक्तिना"/>

2026-09-18 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

महाशिवरात्रिमा गलेश्वरधाममा भक्तजनको चहलपहल

फागुन १३, म्याग्दी । महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको चहलपहल सुरु भएको छ । 

मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको गलेश्वर शिवालयमा महादेवको आराधना गरी महाशिवरात्रि पर्व मनाउन विभिन्न ठाउँबाट भक्तजन आउन थालेपछि भक्तजनको भीड लाग्न थालेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । 

उहाँले बिहान ५ बजेदेखि नै मन्दिरमा पूजा खुला गरिएको र लाइनमा बसेर व्यवस्थित तरिकाले पूजा तथा दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । कालीगण्डकी नदी किनारमा विशाल चक्रशिलामा अवस्थित गलेश्वर शिवालय पश्चिमाञ्चलकै महत्वपूर्ण धार्मिकस्थलका रुपमा परिचित छ । 

विगतका वर्षमा भीडभाडमा सुन चोरी हुने गरेकाले सुरक्षा व्यवस्थापनमा विशेष जोड दिइएको कोषले जनाएको छ । मन्दिर परिसरका विभिन्न ठाउँबाट सिसी टिभीमार्फत निगरानी गर्नुका साथै सुरक्षाकर्मी र स्वयम्सेवक परिचालनद्वारा शान्त वातावरणमा मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइएको अध्यक्ष केसीले बताउनुभयो । 

कोषले रु एक लाख ५० हजार लगानी गरी आठ ठाउँमा सिसी टिभी क्यामेरा जडान गरी निगरानी गर्ने व्यवस्था गरेको कोषका कार्यालय सचिव राम बानियाँले बताउनुभयो । उहाँका अनुसार गत वर्ष जडान गरिएका चारवटा पुराना क्यामेरालाई विस्थापित गरी नयाँ र प्रविधियुक्त क्यामेरा जडान भएका छन् । 

त्यस्तै, कोषले गलेश्वर मन्दिरमा विद्युत्भार कटौतीको समयमा पनि उज्यालो राख्नका लागि सोलार जडान गरेको छ । करिब एक लाख ७५ हजारमा जडित सोलारले विद्युत्भार कटौतीकोे समयमा समेत गलेश्वर शिवालय परिसरमा उज्यालो बनाउनेछ । 

शिवरात्रिको राति महावत्ती बाल्न आउनेको सुविधाका लागि करिब पाँच सयजना बस्न सक्ने व्यवस्था समेत मिलाइसकिएको कोषले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई