अजयकुमार साह/फागुन १३, उदयपुर । जिल्लामा शैक्षिक गुणस्तर बढाउन नसकिएको अवस्थामा जिल्ला शिक्षा कार्यालय उदयपुरको पहलमा जाल्पा एकिकृत विकास समाज उदयपुर र वल्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अजयकुमार साह/फागुन १३, उदयपुर । जिल्लामा शैक्षिक गुणस्तर बढाउन नसकिएको अवस्थामा जिल्ला शिक्षा कार्यालय उदयपुरको पहलमा जाल्पा एकिकृत विकास समाज उदयपुर र वल्र"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

विद्यालयको भौतिक पूर्वाधारमा मात्रै होईन गुणस्तरीय सिकाईमा जोड

२०७३, १३ फाल्गुन शुक्रबार ०९:५४


अजयकुमार साह/फागुन १३, उदयपुर । जिल्लामा शैक्षिक गुणस्तर बढाउन नसकिएको अवस्थामा जिल्ला शिक्षा कार्यालय उदयपुरको पहलमा जाल्पा एकिकृत विकास समाज उदयपुर र वल्र्डभिजन ईन्टरनेशनल उदयपुरको सहयोगमा बहुकक्षा बहुस्तर(एमजीएमएल) पद्दतिमा आधारित शिक्षण सिकाईका लागि ५ दिवसिय अभिमुखिकरण कार्यशाला बुधबारबाट गाईघाटमा शुरु भएको छ ।

कार्यशालाको उद्दघाटन कार्यक्रमको उद्दघाटन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी लेखनाथ लुईटेलले उदयपुरका अधिकाँश विद्यालयहरु भौतिक पूर्वाधार तर्फ मात्र ध्यान दिएको तर गुणस्तरीय सिकाईमा ध्यान नदिएको देखिएको हुँदा जिल्लाकै शैक्षिक स्तर खस्किदै गईरहेको बताउनुभयो ।

जिशिअ लुईटेलले विद्यालयमा सिकाई सामंग्रीको अभाव, सिकाई प्रक्रिया, बालबालिकाहरुको मनोविज्ञान आदिलाई विशेष ध्यान दिएर दैनिक शैक्षिक क्रियाकलाप अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सिकाई उपलब्धी बढाउनका लागि बहुकक्षा बहुस्तर पद्दति उत्कृष्ट पद्दति भएकोलेले यस कार्यशालाले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा आफनो मन्तव्य राख्दै शिक्षा विभागका शाखा अधिकृत कृष्ण पौडेलले नेपाल सरकारले शिक्षा नितिमा सुधार गरि बालबालिकाहरुले गुणस्तरीय र व्यवहारिक शिक्षा हासिल गर्न व्यापक पहल भईरहेको जानकारी गराउनुभयो । उहाँले नेपालमा हाल ३ दशमलव ६ प्रतिशत बालबालिकाहरु विद्यालय बाहिर रहेको अवस्थामा विद्यालय र बालविकास केन्द्र बाहिर रहेका बालबालिकाहरुलाई शिक्षण संस्था सम्म लैजान अबको पहल आवश्यक रहेको बताउनुभयो । शाखा अधिकृत पौडेलले दैनिक शिक्षण सिकाई प्रक्रियालाई प्रभावकारी बनाउन नसके देशले चाहेको जनशक्ति उत्पादन हुननसक्ने अवस्था रहेको बताउनुभयो ।

५ दिवसीय कार्यशालाका सहभागीहरुलाई शुभकामना दिदै सहायक जिल्ला शिक्षा अधिकारी भुपेन्द्रप्रसाद कोईरालाले हामी सँग गोरु पनि छ , खेत पनि जोतेको छ तर खेत बाझै रहेको अवस्था छ भन्दै वर्तमान शैक्षिक अवस्थाको चित्रण गर्नुभयो । 

उहाँले अभिभावकहरुको विश्वास शिक्षण संस्था र शिक्षक प्रति कम हुँदै गईरहेको वास्तविकता दर्शाउँदै शिक्षकहरुले बालबालिकाहरुलाई घोक्ने बानीको विकास गरेर शिक्षा प्रति बालबालिकाहरुलाई वितृष्णा जन्माएको बताउनुभयो । यस्तो अवस्थामा एमजीएमएल पद्दतीलाई स्थानिय विद्यालयहरुमा लागू गर्न सके शैक्षिक गुणस्तरमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यशालाका सहजकर्ता एवं एमजीएमएल पद्दतीका विज्ञ ठाकुर प्रसाद पौडेलले उद्दघाटन कार्यक्रममा बोल्दै देशको शैक्षिक अवस्थाको बारेमा जानकारी गराउनुभयो । उहाँले बिद्यार्थी छ विद्यालय छैन, विद्यालय छ  विद्यार्थी छैनको अवस्था रहेको बताउनुभयो । उहाँले परिक्षालाई मात्रै केन्द्रित गरेर पठन पाठनको काम भईरहेको बताउनुभयो । 

अधिकाँश विद्यालयमा बालबालिकाहरुलाई पढाउने पाठ्य पुस्तकको शुरुको पाठ र अन्तिमको पाठ पढाएपछि शैक्षिक क्रियाकलाप सकिने अवस्था विद्यमान रहेको बताउनुभयो । सहजकर्ता पौडेलले एमजीएमएल पद्दतिले विद्यालयको भौतिक अवस्थामा सुधार गर्नुका साथै गुणस्तरीय सिकाई उपलब्धी बढाउनमा समेत महत्वपूर्ण भुमिका खेल्ने जानकारी गराउनुभयो । उहाँले सहभागीहरुलाई सिकाई सहायक सामंग्रीहरुको समेत चिनारी गराउनुभयो । 

तालिमका विषय बस्तुहरु: एमजीएमएल सिकाई सामंग्री निर्माण गर्ने तरिका, कक्षाकोठा व्यवस्थापन गर्ने तरिका, विद्यार्थी मूल्याङकन पद्दति, नेपाली, गणित र अंग्रजी विषय शिक्षण विधी, विद्यालय अनुगमन विधि, विद्यालय सरोकारवालाहरुको भुमिका लगायतका रहेको सहजकर्ता पौडेलले जानकारी गराउनुभयो ।

कार्यक्रममा सहयोगी निकाय वल्र्डभिजन ईन्टरनेशनल नेपाल उदयपुर एलपीएका म्यानेजर चेतराज भट्टराईले जिल्लाको शैक्षिक स्तर सुधारका लागि जिल्ला शिक्षा कार्यालय उदयपुर सँग समन्वय गरेर शैक्षिक गतिविधिमा सहयोग जारी रहने जानकारी गराउनुभयो । उहाँले जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय स्तरबाट समेत पहलको खाँचो रहेको औल्याउनुभयो । कार्यशालाका आयोजक संस्था जाल्पा एकिकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले एमजीएमएल पद्दतीलाई हाल जिल्लाको पश्चिमी क्षेत्रका ८ वटा विद्यालयहरुमा नमुना कार्यक्रमको रुपमा लागू गरिने र विस्तारै सवै विद्यालयमा लागू गर्न जिल्ला शिक्षा कार्यालयको पहलमा अगाडी बढाउने जानकारी गराउनुभयो । 

कार्यशालामा पश्चिम क्षेत्रका ६ वटा गाविसहरु: तावाश्री, लिम्पाटार, ओख्ले, रुपाटार, लेखगाउँ र ईनामेका ८ वटा विद्यालयहरुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र शिक्षक गरि प्रत्येक विद्यालयबाट ३–३ जना गरि २४ जनाको सहभागिता रहेको जाल्पा एकिकृत विकास समाज उदयपुरका शिक्षा परियोजना संयोजक अजयकुमार साहले जानकारी गराउनुभयो । कार्यशाला आईतवार सम्म संचालन हुने जनाईएको छ । पुनः दोश्रो चरणको १० दिवसीय तालिमको संचालन हुने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना