२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको हुलाक कार्यालय मर्मत नहुँदा जीर्ण अवस्थामा

२०७३, १३ फाल्गुन शुक्रबार १२:०८

फागुन १३, बैतडी । जिल्लाको तल्लो स्वराड मेलौलीस्थित इलाका हुलाक कार्यालय मर्मतसम्भार तथा पुनःनिर्माणको अभावमा जीर्ण भएको छ । 

पच्चीस वर्ष पुरानो तीन कोठे उक्त कार्यालयको वर्षौसम्म मर्मतसम्भार तथा पुनःनिर्माण हुन नसक्दा जीर्ण भएर सेवा प्रवाहमासमेत समस्या भएको छ । 

विसं २०४८ मा निर्माण गरेको उक्त भवन मर्मत सम्भार हुन नसक्दा जीर्ण बन्दै गएको इलाका हुलाक कार्यालय केशरपुर मेलौलीका निमित्त कार्यालय प्रमुख रामसिंह विष्टले जानकारी दिनुभयो । 

पानी पर्दा चुहिन्छ, भवनको भित्तासमेत चर्किसकेको छ, उहाँले भन्नुभयो “पानी प¥यो भने छानामा तिर्पाल हालेर बस्नुपर्ने बाध्यता छ ” टिनले छाएको छानामा खिया लागेर प्वाल परेकाले पानी चुहिएर यहाँ रहेका कागजपत्र तथा चिठ्ठीपत्रसमेत भिज्ने गरेकोपनि उहाँले बताउनुभयो । 

आर्थिक अभावका कारण भवनको मर्मत सम्भार गर्न सकिएको छैन्् । मर्मतका लागि आर्थिक सहयोग गरिदिन मेलौली गाविससँग अनुरोध गरेको निमित्त कार्यालय प्रमुख विष्टले बताउनुभयो । तल्लो स्वराडका १३ गाविस हेर्ने गरी हाल मेलौली र सर्मालीमा इलाका हुलाक कार्यालय रहेका छन् । मोबाइल फोनको प्रयोग बढेसँगै हुलाक सेवाको प्रयोगमा पनि कमि आएको छ । 

कुनै समय गोश्वारा हुलाक कार्यालयका कर्मचारीलाई घरघरमा चिठी पु¥याउन भ्याइनभ्याइ हुन्थ्यो । आजभोलि हुलाकमा व्यक्तिगत चिठी एकदमै कम आउँछन् । स्कुल, व्यापारिक क्षेत्र, वित्तीय संस्थाका चिठीमात्र हुलाकमा भेटिन्छन् । सञ्चारको अभिन्न अङ्ग बनेको हुलाकको व्यापकतालाई भने प्रविधिका नयाँ÷नयाँ आविष्कारले खुम्च्याइएका छन् । 

हुलाकलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउने घोषणा सरकारले गरेको भएपनि अदालतले पठाएको चिठीसमेत म्याद गुज्रिसकेपछि मात्रै पाउने गरेको सेवाग्राहीको गुनासो छ । यस्तै ढिलासुस्तीका कारण सेवाग्राही निजी क्षेत्रबाट सञ्चालित सेवातिर तानिन थालेका छन् । 

व्यक्तिगत चिठ्ठीपत्रमा निकै न्यून रहेको र सरकारी चिठ्ठीपत्र मात्रै आउने गरेका छन इलाका हुलाक कार्यालय मेलौलीका निमित्त कार्यालय प्रमुख विष्टले भन्नुभयो – “व्यक्तिगत चिठ्ठीमा जीवन बिमाको मात्रै आउँछन्, सरकारी चिठ्ठीपत्रलाई मात्र हुलाक सेवा प्रयोग गर्ने गरिएको छ । ” 

एकजना मात्र कर्मचारीको भरमा 

इलाका हुलाक कार्यालय केशरपुर, मेलौलीमा हाल एकजना मात्र कर्मचारी रहेका छन् । खरिदार र हल्कारा गरी दुई जनाको दरबन्दी रहेको भए पनि हाल एकजना हल्कारा मात्रै रहेका छन् । 

कार्यालय प्रमुख धर्मराज उपाध्याय तीन महिना पहिला सरुवा भई गएपछि इलाका हुलाक कार्यालय प्रमुखविहीन भएको हो ।  बझाङ घर भएका उपाध्याय गाविस सचिव भएर गृह जिल्ला गएका हुन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ