भगिरथ अवस्थी, कात्र्तिक २१, बैतडी । जिल्ला अदालत बैतडीले चालुआर्थिक बर्षको अहिले सम्म ६४ प्रतिशत मुद्दा फच्र्यौैट गरेको छ । चालु आर्थिक बर्षमा २५ ओटा मुद्दा फच्र्यौट गर्ने लक्ष्य राखेको अदालतले चार महिनाको अवधिमा १६ ओटा मुद्दा फच्यौट गरिसकेको अदालतका श्रेष्तेदार शाखा अधिकृत पदम बोहराले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्षको अहिले सम्म जबरजस्तीकरणी उद्योगको १,कर्तव्य ज्यानको ४,ज्यान मार्ने उद्योगको १,जबरजस्ती चोरीको १,मानव बेचबिखन तथा ओसारपसारको १,हाडनातामा जबरजस्तीकरणीको १,रहजनी चोरी मुद्दा १,सम्बन्ध विच्छेद १,सम्बन्ध विच्छे अंश २ र अंश मुद्दा दुईओटा फच्र्यौट भएको उहाँले बताउनुभयो ।
अदालतले राखेको लक्ष्यभन्दा बढी मुद्दा फच्र्यौट भएको जिल्ला अदालत बैतडीले जनाएको छ । अब दुनियावादी देवानी ७ र सरकारवादी र्फौजदारी दुई मुद्दा फच्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ । यस्तै चालु आर्थिक बर्षको अहिले सम्म ८० हजार जरीवाना फच्र्यौट गरेको छ । पहिलो चौमासिकमा ६० हजार जरीवाना फच्र्यौट गर्ने लक्ष्य लिइएको भएपनि लक्ष्य भन्दा बढी जरीवाना फच्र्यौट भएको अदालतले जनाएको छ ।