2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा एक युवकको रुखमा झुन्डिएको अवस्थामा शव भेटियो

फागुन १४, भक्तपुर । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका– ३ बालकोटमा शुक्रबार एक युवकको झुन्डिएको अवस्थामा शव भेटिएको छ । 

ओखलढुङ्गा घर भई हाल बागमती बस व्यवसायीद्वारा सञ्चालित बालकोट कलङ्की रुटमा चल्ने बा२ख ७०१० नंको माइक्रोबसका सहचालक (खलासी) का रुपमा कार्यरत अन्दाजी २१ वर्षीय आशिष खड्काको शव भेटिएको महानगरीय प्रहरी प्रभाग बालकोटका प्रहरी नायब निरीक्षक प्रकाश घिमिरेले जानकारी दिनुभयोे । 

भक्तपुरको बालकोट र ललितपुरको टीकाथलीको सिमानामा रहेको गोदावरी खोला पुलको किनारामा रहेको वरपिपलको रुखमा झुन्डिएको अवस्थामा बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ । हत्या हो या आत्महत्या भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई