नरी बडु, कात्र्तिक २३ बैतडी । बैतडीमा वर्षौदेखिको शिक्षा समिती गठन बारेको विवाद सुल्झीने संकेत देखिएको छ । दलिय विवादका कारण विगत पाँच वर्ष यतादेखि गठन हुन नसकेको शिक्षा समिती दहरुमा सहमती भएपछि सुल्झीने भएको हो ।
दलहरुभित्रनै आन्तरीक विवाद हुदाँ यो भन्दा अगाडीका वर्षहरुमा शिक्षा समिती गठनले पुर्णता पाउन सकेको थिएन ।
शिक्षा समिती गठन नहुँदा जिल्लाको शिक्षा निति निर्माण र विद्यालयका भौतिक पुर्वाधार निर्माणमा समस्या भएको जिल्ला शिक्षा अधिकारी अमर भट्टले बताए ।
शिक्षा समिती विना जिल्लाको शैक्षि विकासका लागि बातावरण नमिलेकाले छिटो शिक्षा समिती गठन हुनुपर्ने स्थानिय बिकास अधिकारी खेमराज विष्टले बताउनुभयो ।
विष्टले शिक्षा समिती गठनमा देखिएको विवाद स्थानिय राजनितीक दलहरुले समाधान नगरे कुनैपनि योजनाहरु पास नहुने चुनौति दिएपछि दलहरु शिक्षा समिती गठनमा अग्रसर भएका हुन् ।
आज जिल्लास्थीत सरोकारवालाहरुको बैठकले मंसिर ५ गते भित्र प्रत्येक दललाई समिती गठनका लागि नामावली पेश गर्न अनुरोध गरेको छ । उक्त बैठकले गरेको निर्णय मान्न जिल्लामा क्रियासिल सबै दलहरु तयार भएपछि विवाद सुल्झीने सहमती भएको हो ।