पर्वत । आफ्नो गाउँ आफै सफा राख्ने अभियानका साथ बालक्लब सक्रिय रुपमा लागि परेका छन् । जिल्लाको बाच्छा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । आफ्नो गाउँ आफै सफा राख्ने अभियानका साथ बालक्लब सक्रिय रुपमा लागि परेका छन् । जिल्लाको बाच्छा "/>
२०८३, १३ जेष्ठ बुधबार
पर्बत - PBT

सफा गाउँ अभियानमा बालबालिका

२०७३, १४ फाल्गुन शनिबार ०४:३३

पर्वत । आफ्नो गाउँ आफै सफा राख्ने अभियानका साथ बालक्लब सक्रिय रुपमा लागि परेका छन् । जिल्लाको बाच्छा गाविसमा रहेको नव ज्ञान ज्योति बालक्लबले “समाज सुधार हाम्रो शान, सरसफाइ अभियान हाम्रो काम” भन्ने मुल नाराका साथ आफ्नो गाउँ टोल सफा राख्ने अभियानमा जुटेको हो ।

बाच्छा ५  का झण्डै ३५ जना बालबालिकाहरु बालक्लबमा सांगठनिक भएर आफ्नो टोल तथा सार्वजनिक स्थलहरुको सरसफाइमा जुटेका हुन् । क्लबले आफ्नो पहिलो बार्षिक उत्सवका अबसरमा आयेजना गरेको विभिन्न नृत्य प्रतियोगिता मार्फत संकलन गरेको १५ हजार रुपैयाँबाट सार्वजनिक स्थलहरुमा ६ वटा सिमेन्टका फोहोर फाल्ने रिङ बनाएर राखेको हो । आजको सहारान्यूजमा खबर छ ।

समाजलाई सफा र स्वच्छ राख्नुको साथै समाजको विकासमा बालबालिकाको पनि सहभागीता हुनसक्छ, अबसर प्राप्त  गरे बालबालिकाहरु समाजलाई बदल्ने कामहरु गर्न सक्छन् भन्ने उदाहरण पेश गर्न सफल भएको बाल क्लब सहजिकरणकर्ता  मिरज कोइराला बताउँछन् ।

गाविसको विकासको लागि र सफा बाच्छा अभियानमा जुटेका बालबालिकाहरुबाट अन्य क्लब तथा सामजिक संघसंस्थाहरुले समेत अनुसरण गर्नुपर्ने देखिन्छ । समाज सुधारको लागि आफै जुट्नुपर्ने र अगाडि बढ्नुपर्ने सन्देश बालक्लबले प्रवाह गरेको छ । विसं २०७२ सालमा श्रीषा कार्कीको नेतृत्वमा  स्थापना भएको बालक्लबले आफ्नो गाउँ विकास समितिभित्रको वडा नं ५ को सरसफाई तथा सांस्कृतिक परम्परालाई समेत जर्गेना गर्नको लागि क्रियाशिल देखिएको छ ।

बाच्छा ५ अन्तरगत पर्ने कालीगण्डकी लोकमार्ग बृहत सरसफाइ गरिसकेको क्लबले आगामी दिनमो सचेतनामुलक नाटक पदर्शन गर्नुको साथै सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउने क्लबकी अध्यक्ष श्रीषा कार्की बताउँछिन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट