फागुन १४, मोरङ । मोरङ पथरी शनिश्चरेका महिला अहिले व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका छन् । 

च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १४, मोरङ । मोरङ पथरी शनिश्चरेका महिला अहिले व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका छन् । 

च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यावसायिक च्याउखेतीतर्फ महिला आकर्षित

१४ फाल्गुन २०७३, शनिबार १०:२७

फागुन १४, मोरङ । मोरङ पथरी शनिश्चरेका महिला अहिले व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका छन् । 

च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् ।  समूह बनाएर नै उनीहरु च्याउखेती गर्दै आएका छन् । सुरुमा समूह बनाएर काम गर्नै समस्या परेको पथरी शनिश्चरे– १२ की पार्वतीदेवी यादव बताउँछन् ।

पाँच÷पाँच जनाको समूहमा च्याउखेती सुरु गरेका उनीहरुले सुरुमा यसको बजार पाउन समस्या परेको भएपनि पछिल्लो यसले राम्रो बजार पाउन थालेको च्याउखेतीमा संलग्न स्थानीय रतनीदेवी यादवले बताउनुभयो । 

सुरु सुरुमा च्याउ बिक्री नभएर रु. एक सयमा प्रतिकेजी बेच्नुपरेको थियो, उहाँले भन्नुभयो – विस्तारै विस्तारै च्याउ स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने सर्वसाधारणले बुझेपछि गाउँकै हाटबजारमा प्रतिकिलो रु दुईसयमा बिक्री हुने गरेका छन् । 

गएको पुस महिनाबाट सुरु गरेको च्याउखेतीबाट अहिलेसम्म दुई क्वीन्टल भन्दा बढी बिक्री गरेको कृषक फूलावती चौधरीले बताउनुभयो । 

सुरुमा च्याउखेतीबाट फाइदा हुन्छ भन्ने विश्वास लागेको थिएन तर साथीहरुले धेरै कर गरेपछि च्याउखेती सुरु गरें, अर्का कृषक नरमाया चौधरीले भनिन् – च्याउखेतीबाट अहिले राम्रो आम्दानी हुन थालेका छन् । 

जिल्ला कृषि विकास कार्यलय मोरङका प्रमुख मनोज यादवकाअनुसार जिल्लामा २५ हजार कृषक च्याउ उत्पादनमा प्रत्यक्ष रुपमा संलग्न छन् । यसबाट वार्षिक दुई सय २० मेट्रिक टन च्याउ उत्पादन हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर