2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

ग्यासको चरम अभाव हुँदा आगो भड्डी निर्माण हुँदै

नरी बडु । मंसिर ४ बैतडी । भारतले गरेको अघोसित नाकाबन्दीका कारण ग्याँसको चरम अभाव हुँदा बैतडीको सदरमुकाममा रहेका होटलहरुमा परम्परागत आगो भड्डी निर्माण हुन थालेका छन् ।

करिब एक महिना यतादेखि जिल्लामा ग्याँसको आपुर्ति नभएपछि सदरमुकाम आसपासका ठाँउमा रहेका होटलहरुमा आगो भड्डीहरु निर्माण हुन थालेका हुन् । केहि होटल व्यवसायिहरुसंग ग्याँस स्टक भएपनि आफुले दुई महिना यतादेखि ग्याँस नपाएकोले परम्परागत आगो भड्डी निर्माण गरेको बैतडीको गोठलापानीका एक होटल व्यवसायि केशबराज भट्टले बताए ।

भट्टका अनुसार जिल्लामा ग्यासको अभाव भएको बताएपनि अधिकासंलाई भनसुनको अधारमा ग्याँस वितरण भईरहेको छ । तर यता प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने व्यापारीले बेच्न ल्याएको बस्तुमा कालोबजारी गर्न नपाईने र यदि ग्याँस लगायत अन्य पेट्रोलियम पदार्थको आपुर्ति भनसुनको आधारमा कालोबजारी गरे कडा भन्दा कडा कार्वाहि हुने बताए ।

अधिकारीका अनुसार पेट्रोलियम पदार्थको कालोबजारी, विक्रिवितरण र अनुगमनबारे मंसिर ६ गते जिल्ला स्थीत सरोकारवालाहरुको बैठक बस्दै छ । तिन महिना यतादेखि ग्याँसको आपुर्ति नभएकाले आफुहरुसंग रहेको सबै ग्याँस सिलिन्डरहरु सकिएको बैतडीको गडीस्थित भेरी ग्याँसका विक्रेता गणेश बोगटीले बताए ।

बोगटीका अनुसार भेरी ग्याँसको आपुर्ति नभएको ३ महिना भएपनि रेडिएन्ड ग्याँस भने आपुर्ति बन्द भएका १ महिनामात्रै भएको छ ।
होटल संञ्चालक समेत रहेका बोगटीले ग्याँसको अभाव हुँदा आफुले पनि दाउराबाट खाना पकाईरहेको जानकारी दिए । “केहि दिन स्टक रहेको ग्याँसले काम चलाईयो अब यसरीनै ग्यासको अभाव भए होटलनै गर्नुपर्ने समस्या आउनसक्छ” स्थानिय होटल व्यवसायि ललित जोशिले भने ।

खाना पकाउन जिल्लाको अधिकासं भागमा दाउरानै प्रयोग गर्ने भएपनि सदरमुकाममा भने ग्याँसबाट नै खाना पकाउने गरीन्छ ।
यसरी ग्याँसको चरम अभाव धेरैदिनसम्म रहे सदरमुकाम आसपासमा रहेका जंगल तथा रुखहरु फडानी हुन सक्ने सम्भावना रहेको स्थानियको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई