२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानका दुईसहित पाँच युवतिको कृष्णनगरबाट उद्धार

१४ फाल्गुन २०७३, शनिबार १७:१७

एलिसा बस्नेत/फागुन १४, प्यूठान । वैदेशिक रोजगारीको प्रलोभन देखाउदै वेच्नका लागि भारत लैजान लागिएको अवस्थामा प्यूठानका दुई युवति सहित ५ जना यूवतिहरुको आज कृष्णनगरवाट उद्धार गरिएको छ । 

के आई नेपाल र नेपाल प्रहरिको संयुक्त टोलीले आज  ५ जना युवति को उद्धार गरेको छ ।उद्धार गरेकी चेलीहरु मध्ये भारतका बिभिन्न शहर देखि दुबै सम्म रोजगारका नाममा अवैध रुपमा लैजान लागिएको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । के.आई नेपाल र नेपाल प्रहरिको संयुक्त टोलीले प्युठान घर हुने आसा र सिता  (नाम परिबर्तन )लाई उद्धार गरेको छ त्यस्तै मोरङ्ग बयरबन घर भएकी १६ बार्षिक पुजा (नाम परिबर्तन) भारतमा रोजगार गर्न भनि जादै गर्दा उद्धार गरेको जनाएको छ  ।

त्यस्तै दाङ्ग  घर हुने रुपा नाम परिबर्तन श्रीमान बाट छुट्टिनु पर्ने बाध्यता भएकि  यूवतिलाई पनि उद्धार गरेको छ ।घरमा धेरै छोरा छोरी भएको कारण चरम गरिबि र अभाब पछि रोजगार गर्ने हेतुले फोनमा चिनजान भएको एक पुरुष संग भारत जादै गर्दा उनलाई उद्धार गरिएको हो ।उद्धार गरिएकि ती महिला हाल के.आइृ नेपालले आत्मा निर्भर गराउने उदेश्यले चितवन सेफ होममा बिभिन्न तालिम दिनका लागी रिफर गरेको छ । त्यस्तै कपिलबस्तु पत्थरदइया बस्ने सिता नाम परिबर्तनलाई पनि उद्धार गरिएको छ ।  

युवति साथमा लिएर आउने ब्याक्ति अलग रुपमा बोर्डर पार भएको हुदा एजेन्टलाई नाम समेत थाहा नभएको कारण  नियन्त्रणमा लिन कठिन भएको के.आई नेपालले  जनाएको छ । पछिल्लो समय कृष्णनगरको बाटो आउने चेलीहरु कोहि बाबु आमा नभएका त कोहि श्रीमानले अर्को बिबहा गरेकाको संख्या बढि आउने गरेको के.आई नेपालका जिल्ला संयोजक केसर बिशकर्माले जानकारी दिनुभयो । बिशकर्माका अनुसार उद्धार गरिएका प्यूठानका दुई युवति सहित चेली मध्ये ५ जनालाई बिभिन्न सिप सिकाई आत्मा निर्भर गराउनका लागी चितवन सेफ होम पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण