Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 26, 2017 पर्बत - PBT, समाज

यौन रोगबारे किशोरकिशोरीलाई प्रवचन

By kit 6 मिनेट पढाइ

कुश्मा, पर्वत ।

एचआइभी एड्स र किशोरावस्थामा देखिनसक्ने यौनजन्य संक्रमणका बारेमा सचेतना अभिबृद्धि गर्न किशोरकिशोरी र सचेतना केन्द्रका सदस्यहरुका लागि अभिमूखीकरण तालिम उपलब्ध गराइएको छ । जिल्लामा क्रियाशील शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति पर्वतले आरम्भ नेपालसँगको सहकार्यमा उक्त तालिम सञ्चालन गरेको हो ।

सदरमुकाम कुश्मामा रहेका १५ वर्षदेखि २१ वर्षसम्मका किशोरकिशोरी र कुश्मानगरपालिकामा रहेका २ वटा नागरिक सचेतना केन्द्रका महिला सदस्यहरु गरी जम्मा ६० जनाको सहभागिता रहेको उक्त तालिममा एचआइभी÷एड्स भनेको के हो, एचआइभी÷एड्सको वर्तमान तथ्याङ्कगत अवस्था, एक व्यक्तिबाट अर्को व्यक्तिमा यसको संक्रमण कसरी हुन्छ, यसबाट जोगिन अपनाउनुपर्ने उपायहरु के के हुन्, एड्सका बारेमा समाजमा रहेको गलत धारणा, यौनजन्य संक्रमण भनेको के हो, महिला र पुरुषमा हुने यौनजन्य संक्रमण तथा रोगहरु के कस्ता हुन्छन्, यिनबाट बच्न के कस्तो सावधानी अपनाउनुपर्छ, संक्रमणपछिको उपचार प्रक्रिया आदिका बारेमा जानकारी गराइएको थियो ।

तालिममा एचआइभी÷एड्स र यौनजन्य संक्रमणबाट बच्नका लागि कण्डमको सही प्रयोग कसरी गर्ने भन्ने सम्बन्धमा अभ्यास र वित्तचित्र प्रस्तुतीमार्फत व्यवहारिक ज्ञान तथा सीप प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै निबृत्त शिक्षक समाजका अध्यक्ष तथा शिक्षाविद् बाबुराम सुवेदीले किशोरकिशोरी र नागरिक सचेतना केन्द्रमा आबद्ध महिलाहरुका लागि दैनिक जीवनमा आइपर्ने अत्यन्त महत्वपूर्ण विषयमा तालिम दिइएकाले सहभागीहरुले सिकेको ज्ञान सीपलाई व्यवहारमा उतार्नुपर्ने खाँचो रहेको औंल्याउनुभयो ।

तालिमको सहजीकरण शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य तथा उपप्राध्यापक राजेन्द्र पहाडी र आरम्भ नेपालका अध्यक्ष यज्ञप्रसाद शर्माले गर्नुभएको थियो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका राजेन्द्र पहाडीको अध्यक्षतामा सम्पन्न भएको तालिम समापन समारोहको सञ्चालन आरम्भ नेपालका आषिश पौडेलले गर्नुभएको थियो ।

तालिममा सहभागी किशोरकिशोरी र नागरिक सचेतना केन्द्रका दिदीबहिनीहरुले तालिम आफूहरुलाई निकै उपयोगी रहेको प्रतिक्रिया दिएकाछन् । स्वास्थ्य र शिक्षा एक–अर्काका परिपूरक भएकाले आफूहरुले यसप्रकारको तालिम कार्यक्रम राखेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्य समितिका सदस्य कविता विकले बताउनुभयो ।

विद्यालयमा अध्ययन गर्ने छात्राहरुको हितलाई ध्यानमा राखेर आफूहरुले छिट्टै नै घरेलुस्तरमा सेनेटरी प्याड बनाउने तालिम दिन लागेको कुरा एनसीइ नेपालका राजेन्द्र पहाडीले जानकारी दिनुभयो ।