Image may contain: 3 people, people standing Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... Image may contain: 3 people, people standing
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लोकगायक युवराज भुषाललाई अलिमियाँ लोक वाङ्गमय पुरस्कार

२०७३, १५ फाल्गुन आईतवार १२:१०

Image may contain: 3 people, people standingविशन क्षेत्री

पर्वत, १५ फाल्गुण । चर्चित लोकगायक युवराज भुषाललाई यसवर्षको अलिमियाँ लोक वाङ्गमय पुरस्कारबाट सम्मानित गरिएको छ । लोककवि अलिमियाँको जन्मजयन्तीको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते वितरण गरिने अलिमियाँ लोक वाङ्गमय पुरस्कारबाट भुषाल सम्मानित भएका हुन् । आईतबार लोककवि अलिमियाँको ९९ औँ जन्मजयन्तीको अवसरमा  उनलाई सम्मान गरिएको हो । भुषालललाई २० हजार नगद सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको छ । दक्षिणी पर्वतको वहाकीठाँटी गा.वि.स. वडा नं. ६ लिम्सिङमा जन्मेर नेपाली मौलिक लोकसंस्कृतिको संरक्षण र सम्वद्र्धनका क्षेत्रमा पु¥याएका योगदानको कदर र मूल्यांकन गर्दै अलिमियाँ लोकवाङ्गमय प्रतिष्ठानले उनलाई सम्मानका लागि छनोट गरेको हो ।


लोकसंस्कृतिका अनुसन्धानकर्ता तुलसी प्रवासको संयोजकत्वमा गठित स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला र लोकदोहोरी सम्राट प्रजापति पराजुली सदस्य रहेको प्रतिभा छनौट समितिले भुषाललाई सिफारिस गरेको थियो । नेपाली लोक तथा दोहोरी गीतहरुमा धेरै थरी विकृतिहरु भित्रिन लागेको वर्तमान अवस्थामा पनि ग्रामीण क्षेत्रका पुराना भाका तथा शब्दहरुलाई टपक्क टिपेर गीतमार्फत अभिव्यक्ति दिने गरेका भुषाल नेपाली मौलिक लोक संस्कृतिमा राम्रो सम्भावना बोकेको युवा व्यक्तित्व भएका कारणले प्रस्तावित धेरै नामहरुमध्ये मुल्याङ्कनका आधारमा उनलाई पुरस्कृत गरिएको कलाकार छनोट समितिका संयोजक तुलसी प्रवासले जानकारी दिए ।

स्व. अलिमियाँका छोरा हनिफ मियाँले स्थापना गरेको उक्त सम्मान, ग्रामिण भेगमा गाईने लोक भाकाको जगेर्ना गरेको भन्दै कलाकार भुषाललाई प्रदान गरिएको उनले जानकारी दिए । कार्यक्रममा नै सामाजिक क्षेत्रमा क्रियाशील एक दम्पत्तिलाई पनि सम्मान गरिएको छ । तीन दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशील मानकुमारी गिरी र शालिकराम गिरीलाई सामाजिक क्षेत्रमा पु¥याएको अमूल्य योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

सम्मानित कार्यक्रम पछि बोल्दै कलाकार भुषालले अलिमियाँ लोकवाङ्गमय प्रतिष्ठानले आफुलाई अगाडि बढ्न अर्का खुड्किला थपिदिएको भन्दै सम्मानीत गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी संस्कृतविद् कुशुमाखर न्यौपानेले लोकगीत मौलिकतामा आधारित हुनुपर्ने बताए । लोकगीत आफैमा संगीत नभई, साहित्य भएको र त्यसमा लय तथा शब्दले त्यसलाई पूर्णता दिने बताए । कार्यक्रममा साहित्यकार ईन्द्रकुमार विकल्प, काजी रोशन शर्मा, नेपाली कांङ्ग्रेस पर्वतका सभापति खिमप्रसाद भुषाल लगायतले सम्मानित कलाकार तथा समाजसेवी र आयोजकलाई धन्यवाद सहित शुभकामना समेत दिएका थिए । अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान पर्वतका अध्यक्ष दिपक गदालको स्वागत तथा सञ्चालन अलिमियाँ लोकवाङ्गमय प्रतिष्ठानका कोषाध्यक्ष तुलसी प्रवासले गरेका थिए ।

सम्मानित गायक युवराज भुषालको सांगीतिक यात्रा

वि.सं. २०४३ साल माघ १२ गतेका दिन पिता खिमप्रसाद भुषाल र माता दिनादेवी भुषालका कोखबाट जन्म लिएका युवा लोकगायक भुषालले २०६५ सालमा ‘‘तिर्खा पानीको’’ नामक एल्बमबाट औपचारिक गायनयात्रा प्रारम्भ गरेका हुन् । 

त्यसैगरी उनका दिलमा लेखेसी, भजन समर्पण, मनको धोको, हासम बोलम्, नरोईनरोई बस मेरी सानु, नरोऊ नरोऊ आमा, नभेटी मर्दिन, आँधीखोला तरेँ(खेली), सरर आयो पर्वतमा मोटर, यतै पढौली(नौमती बाजा), के पीर प¥यो बहिनी(खेली) लगायतका एल्बमहरु प्रकाशित छन् भने उनको आफ्नै म्युजिक कम्पनी दुर्गादेवी क्रियशन प्रा.लि. पनि सञ्चालनमा रहेको छ ।

हाल उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका उपाध्यक्ष समेत रहेका छन् ।

लोककवि अलि मियाँ र अलिमियाँ लोकवाङ्गमय पुरस्कार

अलीमियाँको एउटा सपना थियो –एउटा संस्था खोलेर लोक साहित्य क्षेत्रका पर्दा पछाडि रहेका श्रष्टाह्रूको सम्मान गर्दै जाने । त्यही सङ्कल्पलाई मूर्त रुप दिनको लागि लोककवि अली मियाँका ज्येष्ठ सुपुत्र हाजी हनिफ मियाँ र अली मियाँका शुभचिन्तकह्रूको सक्रियतामा वि.सं २०५९ जेठ ९ गतेका दिनबाट विधिवत दर्ता भई अली मियाँ लोकवाङ्मय प्रतिष्ठान स्थापना भएको हो । पोखरामा स्थापना भएका प्रशस्तै वाङ्मयिक संस्थाहरुमध्ये अग्रणि भूमिका निर्वाह गरिरहेको यस प्रतिष्ठानले वर्षै्पिच्छे विभिन्न सम्मान तथा पुरस्कारको व्यवस्था गर्दै आएको छ ।


समय –समयमा साहित्यिक तथा संस्कृतिसँग सम्बन्धित कार्यक्रमह्रू गरेर अली मियाँको सपनालाई रङ्गीन बनाउँदैछ यस प्रतिष्ठानले । यस प्रतिष्ठानको अर्को अत्यन्तै सबल पक्ष भनेको यसले प्रदर्शन गरिरहेको धार्मिक सहिष्णताको नमुना हो । समय– सयमा यस संस्थाले आयोजना गर्ने गरेका कार्यक्रमहरू र सहयोगहरुबाट यस कुराको पुष्टि हुन्छ ।

कट्टर मुस्लिम समुदायसँग सम्बन्धित संस्था भएर पनि हिन्दूधर्मका दशावतार बालनको प्रदर्शन, बालनेहरूलाई गरेको सहयोग, गोपीचन लोकनाटकका कलाकारहरूलाई गरेको सम्मान लगायत सम्बन्धित क्षेत्रमै गएर गरिएका सम्मानहरूले गर्दा यो संस्था सबैको नजरमा सम्मानित हुन पुगेको छ । प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ असल बाबुका असल पुत्र बनेर आफ्ना स्वर्गीय पिताको सपनालाई साकार पारिरहेका छन् । यस संस्थाले अली मियाँको सम्मानमा लोक साहित्य क्षेत्रका विभिन्न स्रष्टाहरुलाई प्रत्येक वर्ष विभिन्न पुरस्कार तथा सम्मान गर्दै आइरहेको छ ।


http://sajhasabal.com/uploads/contents/thumbs/








प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना