शम्सेर विक्रम जि.सी/फागुन १५, प्यूठान । शिशुकल्याण आधारभुत बिद्यालय पकलामा शिक्षक नियुक्तीको बिषयमा बिबादहुदा बिद्यालयको पठनपाठन प्रभावित हुन थालेको छ ।
जिल्ला शिक्षा कार्यालय प्यूठान मार्फत बिद्यालयका लागि प्राप्त भएको एक जना राहात शिक्षक पदमा २ जना शिक्षक नियुक्त गर्नखोज्दा विबाद बढेको हो । तत्कालिन समयमा बिद्यालय ब्यबस्थापन समिति र प्राधानाध्यापकले बिज्ञापन खुल्ला गरि मनकला थापालाई शिक्षकको रुपमा नियुक्त गरेको थिय । तर सोहि समयमा ब्यबस्थापन समितिका अध्यक्ष शेरवहादुर वोहोरा र प्राधानाध्यापक बिरचन्द्र केसीले सिता थापालाई परिक्षा नलिई राहात शिक्षकमै नियुक्त गर्ने निणर्य गर्नाले अहिले बिबाद देखिएको छ ।
ब्याबस्थापन समिति र प्राधानाध्यापकले बिज्ञापन खुल्ला गरि मनकला र ब्यास्थापनको निर्णयका आधारमा सितालाई शिक्षकका रुपमा नियुक्तगर्दा हाल समस्या आएको बिद्यालयका स्रोत ब्यक्ति नरेन्द्र सुवेदिले वताउनु भयो ।
बिद्यालयमा शिक्षक नियूक्तीको बिषयमा लामो समय देखि बिबाद देखिदा छानविन समिति समेत गठन भएको थियो । तर छानविन समितिले समस्याको समाधान गर्न नसक्दा शिक्षक नियुक्तीको बिषय अहिले जिल्ला शिक्षा कार्यालयमा उजुरिका रुपमा आएको छ ।
बिद्यालयले राहात शिक्षकको रुपमा मनकला र सिता दुबैलाई राख्दै अहिले प्राप्त तलव आधा÷आधा बाढेर खुवाउदै आएको थियो । बिद्यालयमा शिक्षक नियुक्ती प्रकृयामै बिबाद रहेकाले अहिले थप तिव्र बिबाद भएको हो । बिद्यालयको समस्या समाधान गर्नका लागि जिल्ला शिक्षा कार्यालय प्यूठानमा आज छलफल भएपनि जिल्ला शिक्षा कार्यालयले कुनै निष्कर्ष निकाल्न सकेको छैन ।
बिद्यालयमा तिव्र विवाद देखिएपछि विद्यालयले दुबै शिक्षकलाई अहिले निकालेको छ । तर विद्यालयमा पुनर वहालिका लागि र कामगर्न पाउ भन्दै शिक्षकहरुले जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले वताउनु भयो । बिद्यालयको समस्या समाधान गर्न आज छलफल गरेपनि शिक्षा कार्यालयले कुनै निर्णय लिन सकेको छैन ।।