गोविन्द तामाङ,मुलखर्क,ओखलढुंगा १६ फाल्गुण । लाली गुराँस नेपालको राष्ट्रिय फूल हो । यो फूललाई भारतको उत्तराखण्ड   राज्यको पनि राष्ट्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोविन्द तामाङ,मुलखर्क,ओखलढुंगा १६ फाल्गुण । लाली गुराँस नेपालको राष्ट्रिय फूल हो । यो फूललाई भारतको उत्तराखण्ड   राज्यको पनि राष्ट्र"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

मौषम अगावै लालिगुराँस ढकमक्क

१६ फाल्गुन २०७३, सोमबार ०७:४७

गोविन्द तामाङ,मुलखर्क,ओखलढुंगा १६ फाल्गुण । लाली गुराँस नेपालको राष्ट्रिय फूल हो । यो फूललाई भारतको उत्तराखण्ड   राज्यको पनि राष्ट्रिय फूलको रूपमा  राखिएको छ । यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो । उच्च पहाडी जंगलमा गुराँस फुल्ने मुख्य सिजन फागुनदेखि चैत र वैशाख हो तर यहाँ माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् । जिल्लाकै उच्च भाग मदाने क्षेत्रमा पुस तेस्रो सातादेखि नै गुराँस फुल्न थालेको थियो । फाल्गुण लाग्दासम्म जिल्लाका विभिन्न क्षेत्र पनि गुराँसले ढाकेपछि हेर्ने र तस्बिर खिचाउनेको भीड लागेको छ । प्रायः फागुन पहिलो सातासम्म बढी चिसो रहने क्षेत्रमा मौसम पनि तातेको छ ।

पहाडी र उच्च पहाडी वन जगलमा लाली गुरास राताम्मे पूmलीसकेको छ । सामान्यतया लाली गुरास फुल्ने सिजन,उचाई अनुसार फाल्गुन देखि बैशाख सम्म फुल्ने गरेता पनि अहिले सिजन अगाबै फुल्न थालेका छन् । जलबायु परिबर्तन ले पहाडी भेगमा बिभिन्न फलफुल सिजन अगाडी फुलेको देखेरा स्थानिय छक्का चिन्तित भएका छन् । मुलखर्क गा.बि.स को बिभिन्न ठाउमा फुल्ने लालीगुरास माग मै फुल्न थालेपछि स्थानिय जानकारहरु कलियुग लागेको प्रतिक्रिया दिन्छन् । सामान्यतया १४०० मिटर देखि लालीगुरास फुल्ने गर्दछ । मुलखर्क गा.बि.स समुन्द्र सतह देखि १८८५मिटरको उचाईमा पर्दछ मुलखर्कमा २÷३ प्रकारको लाली गुरास फुल्ने गरेको छ ।

यसरी सिजन अगाडी लालीगुरास फुलेको त धेरै भयो तर यसपटक अलि अचम्म लाग्दो गरि फुलको कोपिला लाग्ने बेलामै फुल राताम्मे फुलेको मुलखर्कका निवर्तमान गा.बि.स अध्यक्ष पंञ्च बहादुर तामाङ्घको भनाई छ । उहाँको भनाई अनुसार सिजन अगाडी फलफुल फुल्ने फल्ने गरेको छ एैसेलु,काफल,आरु जस्ता बिभिन्न फलफुल सिजन अगाडी नै पाक्न थालेका छन् । मुलखर्क को स्थानिय कृषक हरुले पनि पहिलेको भन्दा भिन्न अनुभब गर्न थालेका छन् । पहिले अगबरे खुर्सानीको बोट बिरुवा चिसोको कारण मर्ने गरेकोमा हाल हरियो नै बोट बिरुवा बस्ने गरेको पाईन्छ, (मुलखर्क माथिलो भेगमा) त्यस्तै कालजार पनि केही बर्ष यता फुल नफुलेर कोपिलामै मर्ने गरेको पाईन्छ ।


 वनस्पतिबिद् तीर्थ बहादुर श्रेष्ठको अनुसार लालीगुरास सामान्यत चैत्र बैशाखमा फुल्ने हो,माघमै पहाड रातै हुने गरि गुरास अपबाद हो । कम उचाईका पहाडमा गुरास फुल्छ बढी उचाईमा ढिलो उहाको भनाई छ तर १ महिना भन्दा बढी समयान्तरमा कम र बढी उचाईका पहाडमा फुल्नु असामान्य हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह