१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

विपन्नका लागि बरदान बन्दै सामुदायिक वन

१६ फाल्गुन २०७३, सोमबार ०९:०८

फागुन १६, म्याग्दी । म्याग्दीका दुर्गम गाउँ बस्तीमा रहेका सामुदायिक वन विपन्न वर्गको जीवनस्तर उकास्नका लागि बरदानसावित भएका छन् । 

वन पैदावारको प्रयोग र त्यसबाट प्राप्त आम्दानीलाई कोषको रुपमा जम्मा गर्न थालेपछि सामुदायिक वन उपभोक्ता समितिले ग्रामीण वित्तीय संस्थाका रूपमा लोकप्रियता कमाउँदै आएका हुन् । 

जिल्ला वन कार्यालयका अनुसार जिल्लामा गठन भएका २५७ वटा सामुदायिक वन उपभोक्ता समूहले रु एक करोड, ८० लाख २० हजार ५६० को कोष खडा गरी विभिन्न क्षेत्रमा ऋण लगानी गरेका छन् । 

सामुदायिक वन समूहले यसवर्ष आफ्नो आम्दानीको ६० प्रतिशतभन्दा बढी रु एक करोड, तीन लाख ५९ हजार ९०० न्यून ब्याजदरमा आफ्ना सदस्यलाई ऋण प्रवाह गरेको छ । 

गरिबलाई लक्षित सो कार्यक्रमअनुसार बाख्रापालन, टिमुरखेती, हलोजुवा कार्यक्रम, तरकारीको बीउ उत्पादन, भँैसीपालन, डेरी उद्योगलगायतका क्षेत्रमा ऋण लगानी गरेको सो कार्यालयले जनाएको छ । 

जिल्लाभरका सामुदायिक वन उपभोक्ता समितिले समाजमा आवश्यक सबै क्षेत्रमा आर्थिक सहयोग गर्ने गरेको बताइएको छ । 

वन उपभोक्ता समूहले आर्थिकस्तर हेरी वार्षिक ६ देखि १८ प्रतिशतसम्म ब्याज लिने गरेका छन् । यसरी प्रवाह गरिएको ऋण लगानी ८० प्रतिशत सुरक्षित रहेको बगरफाँट सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ । 

त्यसैगरी सामुदायिक वनले सामाजिक क्षेत्रमा पनि आफ्नो आम्दानीको ३० प्रतिशत खर्च गर्ने गरेको छ । यसवर्ष शिक्षा, स्वास्थ्य, बाटोलगायतका क्षेत्रमा रु २९ लाख ९९५ खर्च गरेका छन् । 

सामुदायिक वनबाट प्राप्त काठ, दाउरा, घाँस तथा जडीबुटी बिक्री गरेर कोष वृद्धि गर्ने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट