३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

कला संस्कृत बचाउन डेउडा प्रतियोगिता

२८ भाद्र २०७२, सोमबार २३:१३

deuda khelनरी बडु, भदौ, बैतडी । स्थानिय भाष तथा कला संस्कृतीको संरक्षण गर्न बैतडीको दुर्गास्थान गाविसमा भाद्र २९ र ३० गते डेउडा प्रतियोगिता हुने भएको छ ।
समाजमा हराउदै गएको स्थानिय कला संस्कृतिलाई बचाउ गर्दै नयाँ पिडिहरुलाई पनि सुदूरपश्चिमेलिहरुको मुख्य सास्कृति डेउडा खेल र डेउडीया (गायक) हरुको हौसला बढाउनका लािग प्रतियोगिताको आयोजना गरीएको हो ।

भाद्र २९ र ३० गते हिन्दु महिलाहरुको महान चाँड तिजलाई लक्षित गरी बैतडीको दुर्गास्थान गाविस वडा नं. ४ सुर्कालमा हुन लागेको डेउडा प्रतियोगितामा महिला र पुरुष दुवै थरीका डेउडीयाहरुबिच प्रतिशप्रदा गराईने स्थानिय एक डेउडीया बल्देब बडुले बताए ।

उहाँका अनुसार दुई दिन सम्म चल्ने उक्त प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट डेउडीयाहरु आउने र प्रतिशप्रदाको आधारमा प्रथम, द्वितिय र तृतिय हुने डेउडीयाहरुलाई नगद पुरुष्कारको व्यवस्था समेत गरीएको छ ।

डेउडा खेलमा डेउडीयाहरुबिच स्थानिय कला संस्कृति, देशको राजनीति, धर्म, समाजमा फैलिएको बिकृति बिसंगति, देशको आर्थिक र स्थानियले भोग्नुपरेको समस्याको बारेमा डेउडा गितको माध्यमबाट दोहोरी हुने गर्दछ ।

उक्त प्रतियोगिता दुर्गास्थान गाविसको वडा नं. ४ मा अवस्थीत श्री केदारसिला प्राविको खेलमैदानमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली