दलसिंह गिरी/फागुन १७, कालिकोट । जिल्ला सदरमुकाममान्ममा पानीको समस्यालाई दृष्टिगत गरी निर्माण गरिएको करिव १ लाख ५८ हजार लिटर पानी अट्ने ट्यांकीको आज खानेपानी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन १७, कालिकोट । जिल्ला सदरमुकाममान्ममा पानीको समस्यालाई दृष्टिगत गरी निर्माण गरिएको करिव १ लाख ५८ हजार लिटर पानी अट्ने ट्यांकीको आज खानेपानी"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा एक लाख ५८ हजार लिटर पानी अट्ने ट्यांकीको मन्त्रीद्धारा उद्घाटन

१७ फाल्गुन २०७३, मंगलवार १३:२३


दलसिंह गिरी/फागुन १७, कालिकोट । जिल्ला सदरमुकाममान्ममा पानीको समस्यालाई दृष्टिगत गरी निर्माण गरिएको करिव १ लाख ५८ हजार लिटर पानी अट्ने ट्यांकीको आज खानेपानी तथा सरसफाई मन्त्रि प्रेम बहादुर सिंह द्धारा उद्घाटन गरिएको छ । 

अधिल्लो कार्यकालमा मन्त्री हुदा जिल्ला सदरमुकाममा प्रयाप्त पानी आपुर्तिका लागि करिव साढे ४२ लाख बजेट विनियोजन गराई आफु मातहतको निकायलाई कार्यान्वयनका लागि निर्देशन दिए संगै समयमै काम सम्पन्न भै आज एक कार्यक्रमका विच मन्त्री सिंह द्धारा पानी टांकिको उद्घाटन गरिएको हो ।


गएको असार भित्रै निर्माण कार्य सम्पन्न गरिसकिएको टयांकीको आज विशेष कार्यक्रमको आयोजना गरी खानेपानी मन्त्री द्धारा पानी भल्भ खोली विधिगत ढंगले उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंहले नेपालको संविधान २०७२ मा नागरिकलाई स्वच्छ खानेपानी तथा स्वच्छ बातारबरमा जिउन पाउने मौलिकहकको रुपमा गरिएको ब्यवस्थालाई हिर्दयांगन गर्दै  कालिकोटवासी जनतालाई प्रयाप्त खाने पानी पहुँचमा पुगाउन आफुले एक घर एक घारा अभियानलाई कालिकोटमा लागु गर्ने बताउनु भएको छ । 

ट्यांकी उद्घाटन कार्यक्रममा टयांकी निर्माण लागत र निर्माणाधिन टयांकीको क्षेमताबारे प्रकाश पार्दै खानेपानी तथा सभडिभिजन कार्यालयका प्रमुख कुल प्रसाद पौड्यालले  कालिकोट सदरमुकामका बासिन्दाहरुलाई दैनिक करिव १ लाख ५० हजार लिटर पानी चाहिने र अहिले निर्मित नयाँ टयांकीमा करिव १ लाख ५८ हजार लिटर पानी अट्ने भएकाले प्रति ब्यक्ति ४२ लिटरका दरले पानी दैनिक उपभोग गर्नेहो भनेपनि करिव ५ हजार २ सय जनालाई पुगाउन सकिने बताउनु भएको छ ।


ट्यांकी उद्घाटन कार्यक्रममा उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल, क्षेत्रिय निर्देशक चन्दवहादुर के.सी, राजनैतिकदल प्रतिनीधि, नागरिक समाजहरुले आआफ्नो धारण राखेका छन् । टांकी उद्घाटन कार्यक्रमको अध्यक्षता मान्म खानेपानी उपभोक्ता समितिका अध्यक्ष गणेश बहादुर शाहीले गर्नु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट