२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नयाँ संविधान जारी हुने भएपछी बैतडी बासिद्धारा खुसि व्यक्त

३१ भाद्र २०७२, बिहीबार ०७:४४

नरी बडु/भदौ ३१, बैतडी । संविधानसभाले संविधान पारित गरेकोमा बैतडीका स्थानीय बासिन्दाहरुले खुशी व्यक्त गरेका छन् ।

ग्रामिण क्षेत्रका नागरिकहरुले पनि संविधान पारित भएकाले अब देशमा स्थायी शान्ति हुने विश्वास व्यक्त गरेका छन् ।
नेपालीको जनताको लामो समयको संघर्षपछि आफ्ना प्रतिनिधि मार्फत संविधान बनाउने सपना पूरा भएको छ ।

संविधान आएसंगै अब पिछडिएको क्षेत्रको विकास हुने बैतडी क्षेत्र नं २ सभाषद नर बहादुर चन्दले बताउनुभयो ।

नागरिकले दिएको जिम्मेवारी पूरा गर्न पाउँदा आफूलाई निकै खुशी लागेको उहाँले बताउनुभयो । यस्तै बैतडी क्षेत्र नं १ सभाषद दामोदर भण्डारीले नागरिकको संविधान संविधानसभाबाट पारित भएको बताउनुभयो ।

यो संविधानमा सबै माग समेट्ने प्रयास भएको छ केही कम भए पछि पनि संशोधन मार्फत थप्न सकिने उहाँले बताउनुभयो ।

नागरिकले दिएको मतलाई सदुपयोग गर्न पाएकोमा आफू हर्षित भएको भण्डारी भनाई रहेको छ । यसैगरी नेपाली कांग्रेसका जिल्ला सचिव पूर्णानन्द लेखकले संविधान निर्माण भएसंगै सबै नागरिकलाई खुशाी मनाउन पार्टीको तर्फबाट आग्रह गरिएको बताउनुभयो ।

यस्तै एमाले बैतडीका सचिव लिलाधर भट्टले संविधान निर्माणको काम सम्पन्न भएको र अब विकास निर्माणका कामले फड्को मार्ने बताउनुभयो ।

यस्तै राप्रपा नेपालका केन्द्रिय सदस्य पुष्करराज जोशी लख्खाभाईले नयाँ संविधानको आफ्नो पार्टीले स्वागत गर्ने बताउनुभयो । संविधानसभाबाट संविधान पारित भएसंगै सबैतिर खुशीयाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ