नन्दराम जैशी/फगुन १८, जुम्ला । जुम्लामा भेटिएका सयौं वर्ष पुराना मानव कंकाल मंगलबार सरोकारवालाको रोवहरमा प्रहरीलाइ बुझाइएको छ । 

मंगलबार जुम्ला सदरमुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/फगुन १८, जुम्ला । जुम्लामा भेटिएका सयौं वर्ष पुराना मानव कंकाल मंगलबार सरोकारवालाको रोवहरमा प्रहरीलाइ बुझाइएको छ । 

मंगलबार जुम्ला सदरमुक"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा भेटिएका सयौं वर्ष पुराना मानव कंकाल प्रहरीलाइ बुझाइयो

१८ फाल्गुन २०७३, बुधबार ०२:३०

नन्दराम जैशी/फगुन १८, जुम्ला । जुम्लामा भेटिएका सयौं वर्ष पुराना मानव कंकाल मंगलबार सरोकारवालाको रोवहरमा प्रहरीलाइ बुझाइएको छ । 

मंगलबार जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका वडा नम्बर ५ भार्तिबाडामा सयौं वर्ष पुराना मानव कंकाल भेटिएका थिए । शौचालयको खाल्डो बनाउने क्रममा सो मानव कंकाल भेटिएका हुन् । एउटै स्थानामा ३ वटा मानव कंकाल भेटिएको स्थानिय शिवलाल डाँगीले बताउनु भयो । उहाँका अनुसार  धेरै वर्ष पहिला देखि उक्त स्थानमा वस्ती बस्दै आएको हुनाले कति वर्ष पुराना मानव कंकाल हुन भनेर भन्न नसकिने  बताईएको छ ।

 घर बनाउँदा र शौचालय बनाउँदा समेत पहिला पनि मानव कंकाल भेटिने गरेको उहाँको भनाई छ ।  झण्डै ९ फिट गहिरो खन्दा मानव कंकाल फेला परेको हो । मानव कंकाल भेटिएको स्थानको ढुङ्गा समेत कुहिएको हनाले सयौं वर्ष पुरानो मानव कंकाल भएको हुन सक्ने अर्का स्थानिय बासिन्दा दत्त बहादुर शाहीले बताउनु भयो  ।

 धेरै वर्ष पहिला जुम्ला सदरमुकाम नै  चिहान घाट भएको  हुन सक्ने भन्दै मानव कंकाल भेटिने गरेको उहाँले बताउनु भयो  । उक्त स्थानमा  झण्डै ५  सय वर्ष भन्दा पहिला देखि मानव बस्ती बस्दै आएको हुनाले मानव कंकाल त्यो भन्दा पुरानो हुन सक्ने शाहीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट