2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुराका ग्रामीण क्षेत्रका महिला व्यावसायिक बन्दै

फागुन १८, बाजुरा । पछिल्लो समय ग्रामीण क्षेत्रका महिला व्यावसायिक बन्दै गएका छन् । 

पुरुषको मात्र भर पर्दैआएका महिला आफैले आर्थिक उपार्जनका काम गर्न थालेका छन् । दहकोट गाविसका भानादेवी रोकायाले आफ्नो नाममा उद्योग दर्ता गराउनुभयो । उहाँले घरेलु तथा साना उद्योग कार्यालयबाट ४५ दिनको कपडा बुनाइ सम्बन्धी तालिम समेत लिनुभएको छ । 

जिल्लाको एउटा गैरसकारी संस्थाले उहाँलाई कपडा बुनाई सम्बन्धी चर्खा र तान समेत सहयोग गरेको छ । सदरमुकाम मार्तडीमा स्थापना गरेको सो उद्योगमा कपडा बुन्ने काम गरिँदै आएको छ । अचेल उहाँले अन्य महिलालाई समेत सीप सिकाइरहनुभएको छ । 

“साझबिहान के खाने भन्ने चिन्ता हुन्थ्यो, अहिले राम्रै आम्दानी भइरहेको छ,” उहाँले भन्नुभयो । उहाँले अल्लो भाँग्रोका कोट, पाइन्ट, झोला, जुत्तालगायत कपडा बुन्ने गर्नुभएको छ । अल्लो भाग्रोका कपडा प्रति मिटर रु ८०० देखि रु एक हजारसम्ममा बिक्री गर्दैआउनुभएको छ । 

त्यस्तै बडिमालिका नगरपालिका– ९ का सरस्वती पाध्यायले नेपालगन्जबाट रु आठ हजारमा ठेला ल्याई चाउमिन, चट्पटे, पानीपुरी, अण्डा, पकौडा, समोसालगायत परिकार बनाउन बिक्री गर्नुहुन्छ । ठेलाव्यापारबाट दैनिक रु एकहजार ५०० देखि रु दुई हजारसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । 

“आम्दानी हुन थालेपछि श्रीमान् पनि खुसी हुनुहुन्छ,” उहाँले भन्नुभयो । ठेलाव्यापारकै कमाइले उहाँले घरखर्च चलाउँदै आउनुभएको छ । 

व्यवसाय सञ्चालन गर्न सहयोग गर्दै आएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष देवबहादुर रोकायाले बताउनुभयो । दर्ता गर्ने तर व्यवसाय नगर्ने पाइएकाले व्यवसाय सञ्चालन गर्न उहाँले सवैलाई आग्रह गर्नुभयो । जिल्लाका ग्रामीण भेगका अन्य महिलाले समेत विभिन्न व्यवसाय गर्न थालेका छन् । उनीहरुले गाउँमै सहकारी स्थापना गरेर व्यवसाय सञ्चालन गर्ने गरेका पाइएको छ । तरकारीखेती, कुखुरापालन, सिलाइकटाई जस्ता थुप्रै काममा पछिल्लो समय महिला अग्रसर भएका महिला अधिकारकर्मी सीता विश्वकर्मा बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई