१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा स्ववियु निर्वाचन: दुई क्याम्पसमा नेवि संघ विजयी, अन्य चार क्याम्पसमा स्थगित

१८ फाल्गुन २०७३, बुधबार १४:३७

प्रकाश धौलाकोटी | फागुन १८, तेह्रथुम | तेह्रथुमको जिरिखिम्ती र छथर बहुमुखी क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघले जितेको छ । 

एक त्रिवि आंङ्गिक क्याम्पससहित छ वटा क्याम्पस रहेको जिल्लाका तेह्रथुम बहुमुखी, म्याङलुङ्ग बहुमुखी, बसन्त बहुमुखी र ह्यात्रुङ झरना क्याम्पसमा भने विद्यार्थी संगठनको विवादका कारण निर्वाचन हुन सकेनँ । 

पुर्वनिर्धारित कार्यतालिका बमोजिम नै निर्वाचन भएको जिरिखिम्ती बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको सेटले नै विजयी हासिल गरेको सेटले नै विजयी हासिल गरेको छ । निर्वाचनबाट सभापतिमा रोमन गौतम, सचिवमा रविन लिम्बु र कोषाध्यक्षमा टिका सिंजागु तथा सदस्यहरुमा सीता कार्की, फुलकुमारी लिम्बु र चन्द्र बुढाथोकी बहुमतले निर्वाचित भएको क्याम्पस प्रमुख गोविन्द सोदेम्बाले जानकारी दिए ।

उता हमरजुङमा रहेको छथर बहुमुखी क्याम्पसमा पनि नेपाल विद्यार्थी संघबाट सभापतिमा पवित्रा पौडेल, सचिवमा फुलमाया लिम्बु र कोषाध्यक्षमा कोपिला माझी तथा सदस्यहरुमा रस्मिता कटुवाल र श्यामबहादुर लिम्बु विजयी भएका छन् ।

त्रिवि आंगिक क्याम्पस तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडा भने गएराति अनेरास्ववियुले तालाबन्दी गरेपछि निर्वाचन हुन सकेनँ । लालीगुराँस नगरपालिकाको बसन्त बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेपछि निर्वाचन स्थगित गरिएको क्याम्पसहरुले जनाएका छन् । 

तर हार सुनिश्चित भएपछि क्याम्पसमा तालाबन्दी गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघले भने दिनभर क्याम्पसहरुमा प्रदर्शन गरेको थियो । नेविसंघले आफुहरुको स्पष्ट बहुमत रहेको भन्दै कोण सभा गरेर आफ्नो प्यानल विजयी भएको दाबी समेत गरेका छन् । 

सदरमुकाममै रहेको म्याङलुङ्ग क्याम्पसमा भने कक्षा–११ र १२ का विद्यार्थीले मतदान गर्न पाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले तालाबन्दी गरेपछि क्याम्पसले सहमतिमा मात्रै स्ववियु गठन गर्न सकिने बताएको छ । ह्यात्रुङ झरना क्याम्पसमा पनि सहमतिको प्रयासकालागि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत खगेन्द्र खत्रीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट