२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

यसरी भयो संविधानको स्वागत

४ आश्विन २०७२, सोमबार ०१:१८

नरी बडु, असोज ४, बैतडी । नेपाली जनताको लामो आसपछि नेपालमा नयाँ संविधान २०७२ जारी भएको छ ।
त्यसैक्रममा बैतडी सासिले पनि पञ्चेबाजा, डेउडा, दिप प्रज्वालन, नाँचगान र रमाईलो गरी नयाँ संविधानको स्वागत गरे आईतबार बिहानैबाट संविधानको स्वागत गर्न हतारीएका बैतडीवासिले बेलुकि ६ बजे पछि मात्रै संविधानको स्वागत गर्न तम्सीएका थिए ।
तर बैतडीको श्रीकेदार, गोकुलेश्वर, दुर्गास्थान, पाटन लगायतका क्षेत्रमा भने घोषण हुनुभन्दा अधिनै स्थानियले संविधानको स्वागत गरीसेको बताएका थिए ।

baitadi 1

तर एउटा अचम्मको कुरा के भने बैतडीवासिले संविधानको स्वागत गर्न केही समय बाँकि रहदा देवाताको भुमि मानिने यो जिल्लामा प्राय कमै देखिने सर्पले पनि जिल्ला प्रहरी कार्यालय र साहिलेकमा रहेको जगन्नाथ पसलमा एकैपल्ट संगै दर्शन दियो ।

कसैले उत्त सर्प देखिनुलाई देवताले दर्शन दिएको संज्ञा दिए भने कसैले विभिन्न थरी अडकल बाजि काटे यस्तै अर्को एउटा महत्वपुर्ण कुरा धेरै दिन देखि पानी नपरेर हैरानी खेपिरहेका स्थानिय किसानले नयाँ संविधान घोषण भएलगत्तै पानी परेपछि आफुहरु खुसि भएको बताए ।

साहिलेकको लोकतान्त्रिक चोकदेखि (नेपाल आमाको जय, बिर सिहद अमर रहुन, नयाँ संविधान जिन्दाबाद, नयाँ संविधान सफल रहोस) लगायतका नाराहरुको र्यालीसहित युवाहरुको भिड दशरथचन्दको सालिक गडी तिर हानियो ।

त्यति बेला सम्म सन्धाले पनि आफ्नो परिचय देखाउन थालिसकेको थियो तर अध्यारोमा नेपाल पत्रकार महासंघ साखा बैतडीले माहासंघका अध्यक्ष नरेन्द्र भट्टको नेतृत्वमा दिप प्रज्वलन गर्दै थिया ।

त्यतिकैमा पत्रकारहरुको टोलिसंज प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपि मोहन पोखरेल गडीका बालक देखि बृद्ध सम्म पनि दिप प्रज्वलनमा व्यस्त देखिन्थे ।

साना बालकहरुलाई थाहा थिएनकि संविधान केहो तर पनि सबै रमाएको देखेर उनिहरुमा मानोरञ्जनमा मस्त देखिन्थे । बालकहरुसंगै प्रजिअ अधिकारी र डिएसपि पोखरेलले पनि दशरथचन्दको सालिक नजिक दिप प्रज्वलन गरी संविधानको स्वागत गरे । त्यसपछि पत्रकारहरुको टोलि गोठलापानी बजारमा पुग्यो त्यहाँ पनि दिप प्रज्वलन गरी संविधानको भव्य स्वगत भईराखेको थियो ।

चोकमा उभिएका राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले पनि आफुहरुले पनि पार्टी कार्यालयहरुमा संविधानको स्वागत गरेको हामीकहाँ प्रष्ट पार्दै थिए ।

त्यसपछि को करीब आधा घण्टामा धेरैदिन पछि वर्षा भयो र संविधान संगै स्थानिय किसान हर्षित भए । र रातीको फुर्सदमा फेशबुकमा झण्डा समातेको आफ्नो पोज अपलोड नर्ग सबैलाई भ्याई नभ्याई भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह