शागर सर्मा | फागुन १९,  प्यूठान | जिल्लाकै पहिलो गैरसरकारी संस्था मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रले आज अफ्नो ३८ औं स्थपना दिवश विविध कार्यक्रम गरेर मनाएको छ । जिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शागर सर्मा | फागुन १९,  प्यूठान | जिल्लाकै पहिलो गैरसरकारी संस्था मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रले आज अफ्नो ३८ औं स्थपना दिवश विविध कार्यक्रम गरेर मनाएको छ । जिल्"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

जिल्लाकै पहिलो गैरसरकारी संस्था मल्लरानीले मनायो आफ्नो ३८ औं स्थापना दिवश

१९ फाल्गुन २०७३, बिहीबार १४:२३

शागर सर्मा | फागुन १९,  प्यूठान | जिल्लाकै पहिलो गैरसरकारी संस्था मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रले आज अफ्नो ३८ औं स्थपना दिवश विविध कार्यक्रम गरेर मनाएको छ । जिल्लाको दुर्गम गाविसमा विभिन्न खालका विकास निर्माण तथा समाज परिवर्तनको काम गर्दै आएको उक्त संस्थाको स्थापना दिवश १७ गते देखि विविध कार्यक्रम गरी मनाएको हो ।

कार्यक्रममा वोल्दै प्रमुख अथिति स्थानिय विकास अधिकारी इन्द्र प्रसाद बस्यालले जिल्लाकै पुरानो तथा उत्कृष्ट सस्था भएको र जिल्लाको विभिन्न गाविस तथा छिमेकी जिल्लमा समेत आफ्ना कार्यक्रम सञ्चालन गरेर समुदायमा टेवा पुराएको भन्दै प्रशंसा गर्नु भएको छ । उहाँले भन्नु भयो ‘सस्था मार्फत समाज परिवर्तन, विकास निर्माण तथा सरफाई कार्यक्रम गर्दा जिल्ला विकास समितिको समन्वयमा हुदै आएको छ ।’ आगामी दिनमा पनि आफ्ना कार्यक्रम सञ्चालन गर्दा जिल्ला विकास समिति सँग सहकार्य गर्न अनुरोध छ ।

स्थापना दिवसको अवसरमा जिल्लाका १५ जना जेष्ठ नागरिक, बर्षको उत्कृष्ट वर्ष समाजसेवि रजवारा स्थित गोर्वधन थापा, राष्ट्रसेवक कर्मचारी महिला विकास निरिक्षक मायाँ श्रेष्ठ, उत्कृष्ट स्वास्थ्य सेवि डा.समिर लामा, उत्कृष्ट उद्यमि शंकर केसि, विकास पत्रकारीतामा उत्कृष्ट पत्रकार सिटि पोखे्रललाई नगद तथा कदरपत्रले सम्मान गरिएको छ भने प्यूठान क्याम्पसमा अध्ययनरत छात्र तथा छात्रा मिनाक्षी श्रेष्ठ, मुना श्रेष्ठ र अनुराग श्रेष्ठलाई छात्रावृति प्रदान गरिएको छ । साथै सस्थामा कार्यरत उत्कृष्ट छ जना कर्मचारीलाई समेत सम्मान गरिएको छ । जसमा बासुदेव थापा, कृष्णा अधिकारी, सिता रसाइलि, चम्पक श्रेष्ठ, निम केसि र मेलिना लवट रहेका छन ।

दिवसको अवसरमा प्यूठान नगरपालिकाका आमा समुह तथा सामुदायिक सस्थामा आवद्ध २४ टोलीले सदरमुकाम खलंगामा र्याली सञ्चालन गरेको थिए । आफ्नो भेषभुषा तथा झकाी सहित प्रर्दशन गरिएको उक्त र्यालीमा प्रथम चौतारी सामुदायिक सस्था खलंगा, द्धितिय स्वास्थ्य आमा समुह खलंगा ३, तृतिय नेवा खल आमा समुह खलंगा र सान्त्वना हितकारी सामुदायिक सस्था पाण्डेडाडा तथा संगम सामुदायिक सस्था कसेरी रहेका छन । यि सस्थालाई पुुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रमको अध्यक्षता सस्थाका कार्यवाहक अध्यक्ष गोपाल शाहको अध्यक्षता रहेको कार्यक्रममा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयको प्रमुख तथा प्रतिनिधि, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थित रहेको कार्यक्रमको सञ्चालन श्रीधर भट्टराईले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान