पढ्न करिब 1 मिनेट लाग्छ

सागर शर्मा/फागुन २१, प्युठान । जिल्ला स्थित महिला सहकारीका सदस्यहरुका लागी प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा निवारण सम्वन्धि तालिम शनिवार खंलगामा सम्पन्न भएको छ ।

महिला तथा बालबालिका कार्यालयको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिममा तुषारा, माझकोट, विजुवार, भिगृ तगाएतका २२ वटा समुहका सदस्यहरुको उपस्थिती रहेको थियो ।

फागुन १७ गते देखि २१ गते सम्म चलेको तालिममा लैङ्गिक विभेद, विभेदका कारणहरु, लैङ्गिक समानता, एचआईभी/एड्स, प्रजनन अङ्गहरुको परिचय, सुरक्षित मातृत्व, परिवार नियोजन, गर्भावस्थाको परिचय, गर्भपतन, सुरक्षित मातृत्व, महिनावारीको परिचय लगाएतको वारेमा सहजीकरण गरिएको थियो । जिल्ला स्थित महिला सहकारी सदस्यहरु सम्मिलीत तालिमको उद्धेश्य महिलाहरुको प्रजनन स्वास्थ्य सुरक्षित मातृत्व, यौनरोगको वारेमा जानकारी दिने, लैङ्गिक विभेद र भुमिकाका बारेमा सचेतना बृद्धि गर्ने, महिलाको प्रजनन संग सम्वन्धित समस्याहरु बाहिर ल्याउन सहयोग गर्ने रहेको महिला तथा बालबालिका कार्यालय प्युठानका सुचना विकास अधिकृत माया श्रेष्ठले जानकारी दिनुभयो ।

तालिमको सहजीकरण महिला विकास अधिकृत विष्णु आचार्य, महिला विकास निरिक्षक माया श्रेष्ठ, नसिङ्ग अधिकृत राधा केसी, सि.अ.न.मी. शारदा खड्का लगाएतले गर्नुभएको थियो ।