शम्सेर विक्रम जि.सी/फागुन २१, प्यूठान । स्वतन्त्र विद्यार्थी यूनियन स्ववियूको चुनावलाई लियर लगातार वन्द भएको प्यूठान क्याम्पस खलङ्गाको भोलीदेखि पठनपाठन सुचारु हुने भएको छ । आज क्याम्पस प्रसासन र क्याम्पस ब्यवस्थापन समितीका विचमा भएको छलफल पछि भोलीदेखि नियमित रुपमा क्याम्पसको पठनपाठन सुचारु गर्ने निर्णय भएको प्यूठान क्याम्पस प्रमुख कल्पना खडकाले वताउनु भयो ।
स्ववियूको चुनाव तोकिएकै मितीमा गर्नूपर्ने भन्दै विद्यार्थीहरु आन्दोलीत भयपछि क्याम्पस प्रमुख खडका सहित सम्पुर्ण प्रध्यापकहरुले क्याम्पस ब्यवस्थापन सहितीलाई राजीनामा वुझाएका थिए, आजको छलफलवाट सयूक्त राजीनामा पनि आफुहरुले फिर्ता लिएको र क्याम्पसमा नियमित पठनपाठनको वातावरण समेत सृजना भएको खडकाले वताउनु भयो ।
क्याम्पसको पठनवाठन अवरुद्ध हुदा विद्यार्थीहरुको भविह्यलाई अन्यौलमा पार्न नहुने भन्दै क्याम्पस प्रमुख खडकाले भोलीदेखि विद्यार्थीहरुलाई नियमित रुपमा कयाम्पसमा उपस्थित हुन आग्रह गर्नुभयो ।