2026-07-25 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

फागुन २१, देउखुरी । देउखुरीको सिसहनियाँ गाविसका सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरुलाई शुक्रवार एक कार्यक्रमका बिच शैक्षिक सामाग्री वितरण गरिएको छ । 

अपाङ्ग समन्वय समिति सिसहनियाँको आयोजना एवम् सिसहनियाँ गाविसको आर्थिक सहयोगमा अपाङ्गता भएका २० जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी १ हजार ३० रुपैयाँका दरले कुल ७ हजार ३ सय रुपैयाँ बराबरको कापी र कलम वितरण गरिएको हो । 

सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न तथा गरिव अपाङ्गता भएका विद्यार्थीलाई पढाईमा सहयोग पु¥याउने उद्देश्यले सो शैक्षिक सामाग्री वितरण गरिएको हो । समितिका अध्यक्ष अध्यक्ष सुशिला सुवेदीको अध्यक्षता एवम् सिसहनियाँ गाविस सचिव मंगलप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अपाङ्ग भएका बालबालिकाहरु अझै पनि विद्यालय भन्दा बाहिर रहेकाले त्यस्ता बालबालिकाहरुलाई विद्यालय सम्म  पु–याउन सवैले पहल गर्नु पर्ने बताएका थिए । 

साथै उनीहरुले अव नेपाल सरकारले सवै प्रकारका अपाङ्गहरुलाई भक्ता वितरण गर्ने तयारी गरेकाले त्यसको प्रचार प्रसारमा सहयोग गर्न समेत आग्रह गरेका थिए । उनीहरुले समाजमा अझै पनि अपाङ्गहरु प्रति हेर्ने दृष्टिकोण फरक आउन नसकेकाले अव अपाङ्गहरुहरुलाई हेला नभई माया गर्नु पर्ने र उनीहरुले गर्ने हरेक क्रियाकलापमा हौसला प्रदान गर्नु पर्ने सुझाव समेत दिएका थिए । 

समितिका उपाध्यक्ष भोजेन्द्र चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा एमालेका खिमबहादुर के.सी, नेकपा माओवादी केन्द्रका शान्तराज शर्मा पन्थी, संघिय समाजवादी फोरमका पाटेश्वरीप्रसाद चौधरी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका विष्णुप्रसाद चौधरी, सर्वोदय मावि सिसहनियाँका शिक्षक हेमराज अधिकारी, जनता आधारभुत विद्यालय करङ्गेकोटका शिक्षक थंमनसिंह गाहामगर, शंकर मावि पिपरीका शिक्षक सुर्वनमान चौधरी, जनकल्याण प्रावि कालापानीका शिक्षक देवप्रसाद चौधरी, आदीवासी जनजाती समन्वय समितिका अध्यक्ष नारायणप्रसाद चौधरी, महिला सशक्तिकरणका सामाजिक परिचालक लक्ष्मी चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समितिका सल्लाहाकार तथा सञ्चारकर्मी ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक