सलिम अन्सारी/फागुन २२, प्युठान । ७ वर्ष कतार, ३वर्ष साउदिमा  र १६ महिना माल्द्धिप्समा काम गरेर घर फर्केका प्युठान  बाङ्गेसाल ४ का मुस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/फागुन २२, प्युठान । ७ वर्ष कतार, ३वर्ष साउदिमा  र १६ महिना माल्द्धिप्समा काम गरेर घर फर्केका प्युठान  बाङ्गेसाल ४ का मुस"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ वर्षपछि विदेशबाट फर्केर भैंसी पालन गर्दै प्युठानका एक युवा

२०७३, २२ फाल्गुन आईतवार ०८:१६


सलिम अन्सारी/फागुन २२, प्युठान । ७ वर्ष कतार, ३वर्ष साउदिमा  र १६ महिना माल्द्धिप्समा काम गरेर घर फर्केका प्युठान  बाङ्गेसाल ४ का मुस्लिम युवा  ३५ वर्षिय सलामत मियाँ व्यावसायीक भैंसीपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन ।

उनले झन्डै १० लाख रुपैयाँ लगानी गरेर 'समिला'भैंसी फार्म दर्ता गरि  खोलेका हुन। बिदेश जानुभन्दा आफ्नै गाउँठाउँमा केही गर्ने उद्धश्य र कृषि तथा पशुपालनबाट जिबिकोपार्जन गर्न सकिने संभावना देखेर ब्याब्सायिक रुपमै भैसिपालन शुरु गरेको उनले बताए । उनले सबै रकम बैकँबाट ॠण काढेर ब्याबसायिक भैंसी पालनमा लगानी गरेको सुनाए ।

 सुरुमा ३ वटा भैंसी किनेर व्यवसाय सुरु गरेका मियाको फार्ममा अहिले ७ वटा भैंसी पुगेका छन् ।२ ओटा मुरा र ५ ओटा दोकल्ला जातको भैंसी रहेको फर्ममा २ ओटा पाडापाडी छ्न । ब्याबसायिक भैसिपालनबाट हौसिएका मिया  सरोकारवालाको सहयोग पाएमा अझै ३ ओटा भैंसी थप्ने सोचमा छन ।

दुध बिक्रिबाट मासिक ५० हाजर भन्दा बढि आम्दानी हुने गरेको मिया  बताउछन । विदेशमा भन्दा स्वदेशमा श्रम गरेमा राम्रो आम्दानी गर्न सकिने देखेपछि अहिले नेपालमा नै भैंसी पाल्न थालेको मियाको भनाइ छ । ‘दैनिक ४० लिटर दुध उत्पादन हुन्छ,’ उनले भने, ‘मैले माग अनुसार दुध पुर्याउन सकेको छैन ।’ ७ वटै भैसि दुहुना रहेको उनले सुनाए ।

यहाँ  भैंसीको दुध खोज्ने ग्राहक धेरै भएकाले बजारकोसमेत समस्या नभएको उनको भनाइ छ । अहिले बजारमा ५५ रुपैयाँ प्रतिलिटरमा दुध बिक्रि हुने गरेको जानकारी दिँदै मियाले माग अनुसार दुध पुर्याउन पनि कठिन भइरहेको बताए । "उत्पादित दुधभन्दा माग दोब्बर छ ।" उनले भने । केही समय अघि देखि शुरु गरिएको भैसिपालन फर्मबाट दैनिक १ हजार ६ सय रुपैया आम्दानी गर्दै आएको उनले बताए ।

खाडी मुलुकमा काम गर्दा गर्दै विदेशमा गर्ने दुःख नेपालमै गर्ने सके मनग्गे आम्दानी गर्न सकिने सोचेर स्वदेश फर्किएर व्यवसायिक भैंसी पालनमा हात हालेको कृषक मियांले बताए । परीवारसँग बसेर कमाएको थोरै रकम पनि धेरै हुने मियाको बुझाई छ । आफूलाई यस ब्यवसायले आत्मसन्तुष्टि मिलेको उनले बताए । 

बाङ्गेसाल ३ स्थित कोलगाँडेमा रहेको आफ्नै जग्गामा आधुनिक गोठ निर्माण गरि भैंसी फार्म खोलेका मियाले स्थानिय सहकारीमा दूध बिक्री गर्दै आएका छ्न । सहकारीले जत्तिपनी दूध खरिद गरिदिने उनले बताए।

भैंसी खरिद,गोठ ब्यबस्थापन र इनार खन्नका लागि ॠण खोजेर फार्ममा लगानी गरिएको उनले बताए । उनले भैंसी गोठ समेत ब्यबस्थित बनाएका छन । गोठ सरसफाइ देखि भैसिलाइ घाँस, दाना र पानी खुवाउने काममा आफुलाइ परिवारले पनि पूर्ण साथ दिने गरेको बताए । 

जिल्ला पशुसेवा कार्यालयले एक थान घाँस काट्ने मेसिन उपलब्ध गराए पनि स्वस्थ, दृष्ट्र्पुष्ट्र बनाउन उनले आफुले पालेको भैंसीलाई नियमित खोप पनि दिने गरेका छन । उनले भैंसी फर्मसंगै ७ रोपनी जग्गामा घाँस खेती गरिरहेका छन । गोठमा निस्केको मलमुत्रलाई सदुपयोग गर्न मौसम अनुसारको तरकारी खेती गर्ने योजना समेत रहेको उनले सुनाए ।

सरोकारवाला निकायबाट सहयोग पाए ब्याव्सायलाइ जिल्ला कै नमुना ब्याबसायको रुपमा बिकास गर्ने सोच रहेको उनको भनाइ छ । आफू जस्ता कृषकलाइ राज्यले सहयोग गर्नुपर्ने धारणा उनको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा