2026-09-19 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ्गमा हिड्दाहिड्दै लडेर एकको ज्यान गयो

कृष्ण कँडेल/फागुन २२, बागलुङ्ग । बागलुङ्गको बुर्तिबाङ्गमा  हिड्ने क्रममा बाटोबाट लडेर एक जनाएको ज्यान गएको छ । 

बुर्तिबाङ्गको वडा नम्बर–६ पुर्कोटका ५० बर्षिय मनबहादुर बोहोराको बाटोबाट २३ मिटर तल खसेर कटुसको बोटमा अल्झिएको अबस्था सव भेटिएको प्रहरीले जनाएको छ । 

हिजो राति आफ्नो घर भन्दा झण्डै एक किलोमिरट माथि पर्ने छिमेकी गोपाल कुँवरको घरमा श्रीमती सँगै गएका बोहोरा राती अबेरसम्म खानपिन गरेर घर फर्किने क्रममा लडेका ईलाका प्रहरी कार्यालय बुर्तिबाङ्गका प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्माले जानकारी दिए । 

अबेरसम्म बसेर मदिरा समेत पिएका उनि राती २ बजे श्रीमतीसँगै फर्किने क्रममा श्रीमती अघि–अघि र उनि पछि–पछि भएको अबस्थामा छोडिएका र अँध्यारोमा गोरेटो बाटो छोडेर बुर्तिबाङ्ग पुर्कोट सडक तिर लागेर अचानक लडेको हुनसक्ने प्रहरीको अनुमान छ । 

राति घर नपुगेका बोहोरालाई खोजी गर्ने क्रममा दिउसो लडकेको अबस्थामा सव देखेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए । उनको सव पोष्टमार्टमको लागि बुर्तिबाङ्ग प्रथमिक स्वास्थ्य केन्द्रिमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई