पर्वत । झण्डै १० बर्षको अन्तरालमा भएको स्ववियूको चुनावमा अनेरास्ववियू अखिलले स्ववियूको हित विपरित आफ्नो विजय भएको घोषणा गरेको भन्दै जिल्लाका तीन विद्यार्थी संगठनले विरोध जनाएका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । झण्डै १० बर्षको अन्तरालमा भएको स्ववियूको चुनावमा अनेरास्ववियू अखिलले स्ववियूको हित विपरित आफ्नो विजय भएको घोषणा गरेको भन्दै जिल्लाका तीन विद्यार्थी संगठनले विरोध जनाएका छन् ।

2026-09-19 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तीन विद्यार्थी संगठनको संयुक्त विरोध (विज्ञप्ती सहित)

पर्वत । झण्डै १० बर्षको अन्तरालमा भएको स्ववियूको चुनावमा अनेरास्ववियू अखिलले स्ववियूको हित विपरित आफ्नो विजय भएको घोषणा गरेको भन्दै जिल्लाका तीन विद्यार्थी संगठनले विरोध जनाएका छन् ।


जिल्लाको कार्किनेटामा रहेको अन्नपूर्ण क्याम्पस, तिलाहारको नवजागृत बहुमुखी क्याम्पस, ग्रामप्रकाश बहुमुखी क्याम्पसमा  एमालेका जिल्लाका केही नेताहरुको आढ र ठाडो निर्देशनमा अनेरस्ववियू अखिलको विजय भएको दाबी सहित घोषणा गरिएको भन्दै संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले विरोध जनाएका हुन् ।


स्ववियूको मर्म र हित विपरित गई एमालेका जिल्ला नेता समेत क्याम्पसमा पुगी नियम र प्रक्रिया विपरित आफ्नो विजय घोषणा गर्नु गलत भएको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।


पर्वत जिल्लमा स्ववियूको चुनाव सहमति आधारमा जाने भन्दै गुप्तेश्वर बहुमुखि क्याम्पसमा समतिमा स्ववियू सम्पन्न गरेका विद्यार्थी संगठनले अनेरास्ववियू अखिलले एकाएक सहमति तोडि दलको आधारमा आफ्नो विजयको घोषणा गरेको भन्दै विरोध जनाएका हुन् ।


स्ववियुको मुल मर्म भावना लाई कुल्चदै सहमति सहकार्य एकतालाई लत्याउदै तानाशाहि ढङ्गले क्याम्पस प्रमुखनै एमाले पार्टीको खुलेआम पार्टी प्रवक्ता भई संगठनको प्रचारप्रसार गर्दै  गैरजिम्मेवारीपूर्ण रुपमा अन्य संगठनलाई पत्तो नदिइ एकाएक अखिलको विजय भएको घोषणा गर्नु गलत भएको संयुक्त विज्ञप्तीमा उल्लेख छ । 


नेविसंघ, अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी संगठन पर्वतका अध्यक्षको संयुक्त हस्ताक्षरित विज्ञप्तीमा उक्त निर्णलाई बदर गरी पुन चुनाव   गराउनको लागि आग्रह गरेको छ । 


https://scontent.fdoh4-1.fna.fbcdn.net/v/t34.0-12/

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो